नेपालमा बैज्ञानिक समाजबादको आवश्यकता किन ?

सन्देश रेग्मी

के हो त बैज्ञानिक समाजबाद ? किन चाहियो नेपालमा बैज्ञानिक समाजबादी व्यवस्था ? यसको उत्तर यहाँ भेटाउन सकिन्छ : १) निजि सम्पत्तिको अन्त्यको लागि २) जातीय उत्पीडनबाटा मुक्ति पाउनको लागि ३) वर्गीय उत्पीडनबाट मुक्ति पाउनको लागि ४) लैङ्गकि विभेदबाट मुक्ति पाउनको लागि ५) प्रत्येक व्यक्तिले क्षमता अनुसारको काम र आवश्यकता अनुसारको दाम पाउनको लागि ६) दिनमा तीन छाक खान पाउने ग्यारेन्टी गर्न ७) सरकारबाट निशुल्क उपचारको ग्यारेन्टीका लागि ८) निशुल्क रुपमा उच्च शिक्षा प्राप्तिका लागि ९) बसोबासको निम्ति घरको ग्यारेन्टीका लागि माथिको कुराबाट के स्पस्ट हुन्छ भने समाजबाद आयो भने जनताले के खाउला ? के लाउला ? कहाँ बसौला ? भन्ने चिन्ताको अन्त्य हुन्छ ।

समाजमा निजि स्वामित्वको अन्त्य हुन्छ र उत्पादनका साधनहरुमा सबैको हक बराबर हुन्छ । मानव इतिहासमा मानवबाट मानवको शोषण गरिने व्यवस्थाको अन्त्य हुन्छ । बैज्ञानिक समाजबादी व्यवस्थामा काम न गरि बस्न पाइदैन । उत्पादनको क्षेत्रमा जुनसुकै काम गरेपनी यो व्यवस्थामा सबै व्यक्ति श्रमिक हुन्छन । यो व्यवस्थामा लोग्ने र स्वास्नी मानिसबिचको असामनताको अन्त्य हुन्छ भने पुजीवादी वा सांसदबादी समाजमा भन्दा समाजबादी व्यवस्थामा बिकासको गति अत्यधिक तिब्र हुन्छ ।

आज बिश्वको पुजीवादी वा सामन्तबादी युगमा मानिसहरू भोकभोकै मरिरहेका छन । ओत लाग्ने ठाउँ नपाएर सडकको पेटिहरु मा सुति रहेका छन । लाखौ शिक्षित युवाहरू बेरोजगार भएर भौतारिरहेका छन । यी सबै दुर्गुणहरु पुजिबादी समाजका अनिवार्य परिणाम हुन । त्यसैले यी दुर्गुणबाट मुक्त हुन बैज्ञानिक समाजबाद व्यवस्थामा नपुगी हुँदैन र मुक्ति पनि पाइदैन । त्यसैले बैज्ञानिक समाजबादको बाटो नै दिघो शान्ति र सुखको बाटो हो ।

You can share this post!