विप्लव नेकपा ललितपुरले वली र माेदीकाे जलायाे पुत्ला

ललितपुर  भारतले नेपालको सार्वभौमसत्ता माथि हस्तक्षेप गर्दै लिपुलेकमा तिब्बतको मानसरोवरसम्म जान बाटो निर्माण गरेको समाचार गत २६ गते बाहिर आएपछी नेपालभर उक्त भारतीय कदमको सर्वत्र विरोध भएको छ ।

यसै सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टीकाे केन्द्रीय कार्यक्रम अनुसार भारतीय साम्राज्यवादद्वारा मिचिएको नेपाली भुमी फिर्ताको लागि अन्तरास्ट्रियकरण गर्न ओलि सरकारले वेवास्ता गरेको र देशभक्त युवाहरुलाई राष्ट्रियताको आन्दोलनका क्रममा प्रहरी लगाई दमन गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टी ललितपुरले प्रधानमन्त्री केपि ओलि र भारतका प्रधानमन्त्री नरेन्द्र माेदीकाे पुत्ला दहन गरेकाे छ । उक्त कार्यक्रमकाे नेतृत्व विदुशीले गर्नुभएकाे ललितपुर जिल्ला पार्टीले जानकारी गराएकाे छ ।

You can share this post!