नेकपाद्वारा राजधानीका एक दर्जनबढी स्थानमा मोदीको पुत्ला दहन

काठमाडौं : वैशाख ३०, नेपाल कम्युनिस्ट पार्टी काठमाडौ जिल्लाले विभिन्न ठाउँमा भारतीय प्रधानमन्त्री मोदीको पुत्दा दहन गरेको छ । नेपाली भूमिमाथि भारतले अतिक्रमण गरेर सडक निर्माण गरेको विरोधमा चरणबद्ध संघर्षको कार्यक्रम अगाडि बढाएको नेकपा जिल्ला कार्यलय स्रोतले जनाएको छ ।

त्यही निर्धारित कार्यक्रम अनुसार जिल्लाको गोकर्णेस्वर नगरपालिकाको जोरपाटी चोक, बाहुनधारा नयाँ बस्ती र पधेरो पाखा, त्यस्तै तार्केश्वर नगरपालिकाको तार्केश्वर भ्यु टावर, कीर्तिपुर, सतुङुगंल र अखिल क्रान्तिकारी द्वारा त्रिभुवन विश्वविद्यालय परिसर गरी एक दर्जन बढी स्थानमा भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहन गरेको नेकपा काठमाडौंले जानकारी दिएको छ ।

You can share this post!