लिपुकाे छातिमा डाेजर चल्दा बालुवाटार र सिंहदरबार किन माैन ?

तुफान सिंह कालिकाेटे

भारतीय रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार भिडियो कन्फ्रेन्समार्फत धार्चुला लिपुलेक लिङ्क रोड उद्घाटन गरेका थिए । भारतको उत्तराखण्डस्थित धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्रबाट लिपुलेक पुग्ने सडक मार्ग भारतले । त्यस्तै भारतीय रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै, ‘उत्तराखण्डको बोर्डर रोड अर्गनाइजेसन (बीआरओ) ले कैलाश मानसरोवर रुटलाई चीनको बोर्डरसम्म जोडेको छ । कोभिड–१९ को महामारी सामना गर्दै बीआरओले १७ हजार ६० फिट उचाइमा रहेको कैलाश मानसरोवरमा बाटो विस्तार गरेको छ । भारतको यो कदमलार्ई नेपालको राष्ट्रिय स्वधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डताका विरुद्ध भारतका रक्षामन्त्री राजनाथ सिंहको ठाडो हस्तक्षेप  हो ।

शासकहरुले कालापानि लिपुलेक,लिप्पियाधुरा साम्राज्यबादि भारतले बाटाे बनाएर उध्घाटन गर्दापनि नेपालकाे सरकार भने मुखदर्सक भएको साशसकहरुले बचेर खायजस्ताे छ लिपुलेक नभय त केहि प्रतीक्रीया सरकारले दिन्थ्यो होला । लिपुलेक बेचेर खानि दलालहरुका विरुद्ध राष्ट्रिय मुक्ति आन्दोलनको अाबस्यक भएको छ । सन् १८१६ को सुगौली सन्धिअनुसार काली (महाकाली) नदी पूर्वका सम्पूर्ण भूभाग नेपालको हो । प्रा.डा. खनाल लिम्पियाधुरा मुहान भएको नदी नै सीमा नदी भएकाले गुञ्जी, गब्र्याङ, कुटियाङ्दीलगायतका सम्पूर्ण भूभाग नेपालको हो ।

जनताहरु लकडाउनका कारण देश बिदेशमा अलपत्र छन्, केपी वलीकाे दलाल सरकारलाई कुनै मतलब छैन । राष्ट्रियता यत्रो खतरामा परेको छ, एक शब्द बाेल्नु छैन । मजदुर र श्रमिकलाई नाे वर्क नाे पेकाे निति लागू गर्छन् तर शासकहरु आफू घरमै बसेर तलब भत्ताको सेवासुबिधा लिन्छन् । कति दिन यस्तो अपराध र अन्यायलाई सहेर मुकदर्शक भै बस्ने ? तसर्थ अब नेपाली जनताले ढिलानगराै ।

रास्टिय मुक्तिको आन्दोलनमा एकीकृत भैइ भारतको ठाडो हस्तक्षप विरुद्ध लड्ने क्षमता राख्न पर्छ । एतिबेला फुटेर होइन जुटेर अगाडि बड्नुको अर्को कुनै विकल्प हाम्रो सामु छैन । हाम्रो राजनीति अहिलेको अबस्थामा राम्रोसँग बुजेर नै नेपाल माथी भारतले बारम्बार यो हर्कद गर्दै आएको छ । हिजोमात्रै नेपाल प्रहरीमाथी चिनिया नागरिक ले जुन आक्रमण गरे यो देख्दा नै थाहा हुन्छ कि अहिलेको कथित कम्युनिस्ट सरकार र एस्को गृहप्रसासन कति असफल रैछ भने कुरा समय मै एकीकृत भै मातृभुमी को रक्षकालागी सम्पूर्ण रास्ट्रबादी बुद्धजिबि कर्मचारी पत्रकार लगाएत सम्पूर्ण देशभक्त हरु लाई हार्दिक अपिल गर्द्छु ।

You can share this post!