(ए कोरोना त कस्तो कोरोना)

केशब बुढा

कबिता

ए कोरोना त कस्तो कोरोना त किन देखिन्नस

 यति ठुला ठुला हिमाल ले बनेको मेरो देश मा त

किन छेकिन्नस

हावा संग उडेर आउँछस् कि झरी संग झरेर खोइ

थाहै भएन

किन विनास गर्दै छस् विश्व खोइ मलाई त

सोच्ने सब्दै रहेन

बन्द कोठा सुनसान सहर गुनमुन आवाज

सुन्नुपर्ने

कस्तो रोग आयो खोइ यो दिन रात पिजडा को

सुघा झै थुन्नुपर्ने

आफ्ना लाई आफ्नो बाट छुटायो नाक मुख हात

सबै छोपायो

विश्व हल्लाउने यो आतङ्ककारी कोरोना कहाँ

बाट आयो

आफ्नै परिवार संग छुवाछुत प्रथा राख्नु पर्ने

कस्तो रोग आयो

ए कोरोना त प्रकृति होस् की निर्जीव तलाई

कस्ले जन्मायो

खाना नपाएर गल्ली गल्ली मा किसान मजदुर

लडिरहेका छन्

लाम बिनाको घोडा झै छाडा मेरो देशमा दिन

प्रतिदिन कालोबजारी बढिरहेका छन्

सतिले सरापेको मेरो देश आखिर कस्ले जान्थेर

यस्तो संकट को बेला नलुटी अरूलाई सहयोग

गरौं भन्दा कस्ले मान्थेर

भनी देउन ए मेरा देवी देवता यस्तो अनिष्ठ के

हुँदै छ

किन जन्मिस ए कोरोना तेरो कारण ले आज

विश्व रूदैछ

लाखौं को ज्यान गयो करोडौं बेड मा लडेका छन्

अन्त रोग ले मरे कठै मेरो देश मा खाना नपाई

सडक मा सडेका छन्

धनिलाई धन जोगाउन सँगै रोग को पिर

गरिबलाई रोग भन्दा बढी भोक को पिर

रोग ले पनि मार्ने भोक ले पनि मार्ने कस्तो दिन

भोगाएऊ दैव तिम्ले आज आखिर

लाखौं को ज्यान खाँदा पनि अझै यो कोरोना

किन अघाउँदैन

अंतरिक्ष मा यान राख्ने शक्तिशाली देश ले यो

कोरोना किन भगाउँदैन

हरियो आकाश मुनि को यो पवित्र जमीन लाई

बनायो चिहान को खात

संकट मा मन्दिर का ढोका पनि बन्द हुने रहेछन्

नपत्याए लक डाउन लाई हेर अनि जाउँ पशुपति नाथ !!

You can share this post!