दलाल पुजिवादि संसदिय राज्य व्यवस्था को कितावमा गुटगत भ्रस्टाचार को पन्ना

दिपेन्द्र साही

भन्ने गरिन्छ नि “पुजिवादि राज्यसत्ता मानवजातिमाथि लादियको उत्पिडनको साधन र दुनियाको अन्तिम व्यवस्था हो” सामन्तवादी र पुजिवादि राज्य व्यवस्था भनेका सवै भन्दा जनविरोधी, राष्ट्र विरोधी, मानवजाति बिरोधि हुन्छन जसले प्रत्येक्ष रुपमा श्रमिक वर्गको मुक्ति, समानता र समृद्धिमा नै अबरोध खडागरिरहन्छन, पुजिवादि व्यवस्था अाजको दुनियाँ ले चाहना राख्ने राज्य व्यवस्था भन्दा निकै पछारियको दलाल पुजिवादि राज्य व्यवस्था हो, यो जनता र पुजिवादि वर्ग विचमा चरम अन्तरविरोध हरु एक पछि अर्को चरम विन्दुमा चुलिएको हुन्छ । अब विषय प्रवेश गरौ, प्रथमतः राजनितिज्ञहरुको गुण भनेको विचारधरात्मक दृष्टिकोण हो, जसले दुनियाँलाई बुझ्ने, बदल्ने र विकास गर्ने कसि बनाउदछ र अाफ्नो विचारधारात्मक दृष्टिकोण मा समर्पित तथा अग्रसर अनि अनवरत तथा अविचलित रहेर देश र जनताका निम्ति/खातिर लागि रहन्छन, भनिन्छ सत्ताको उत्पत्ति राजनितिज्ञहरुको अार्थिक तथा राजनितीक सम्बन्ध वाट भएको हुन्छ,सत्ता वस्तुजस्तै गतिसिल र परिवर्तनसिल छ जसलाई राजनीतिज्ञहरुले बुझ्न र बदल्न सक्छन ।

पुजिवादि दलाल संसदिय राजनिति गर्ने व्यक्तिहरु दलाल राजनितिका रुपमा खेलाडी नै हुन भन्नको लागी हामीलाई अप्ठयारो अवश्य छैन् तर यो सवैमा लागू हुन्छ भन्ने पनि छैन संसदिय राजनितिमा अव्वल राष्ट्र भक्ति भएका परिवर्तनकारी समाजवादी राजनितीज्ञहरु पनि छन जो त्यो व्यवस्थाको नीति नियम र कानुन निर्माण को पहुच भन्दा तल पारियका छन वा गुटगत राजनितिको सिकार बनिरहेका छन । जसरि एक कक्षा बाट दुईमा बढुवा हुनको लागी न त आफ्नो मान्छे चाहिन्छ नत धन चाहिन्छ, न त गुट वा दलनै । केहि चाहिदैन्, मात्र चाहिन्छ लेखन जसमा प्रश्नको उत्तर सहि लेख्नु पर्दछ । त्यो संसारमा भएको सर्वमान्य प्रक्रिया हो । कुरा यहाँ राजनिति किताब भित्रको भ्रस्टाचारको पन्नाको छ, राजनिती को छ, त्यो पनि दलाल पुजिवादि संसदीय गुटषत भ्रस्टाचारि राजनीतिको ।

पुजिवादि व्यवस्था भित्र राजनिति गर्नको लागी कुनै औपचारिक हिसाब, किताब गरेर प्रथम हुनु पर्ने छैन त न नेता बन्नको लागी त्यहि अनुसारको पढाई नै चाहिने छ न त विकास नै, यहाँ त संसदवादि दलाल पुजीवादी नेता बन्नको लागी केवल जनतालाई भुलाउन सक्ने कला चाहिने देखियो,समूह बनायर अथवा गुट बनायर अाफ्नो अनुकुलतामा हरेक किसिमका गतिविधि बढाउनका लागि गुट वनाउन सक्ने हुने भए पुग्ने देखियो । आज भोली नेपालमा नेता बन्नको लागी अनौठो उपाएको नियम निस्किएको छ । त्यो हो गुटगत भ्रस्टाचार, भ्रस्टाचारि गुटको राजनिति । राजनिति भनेको देशलाई सञ्चालन गर्ने निति हो । त्यो असल हुन्छ, व्यवहारिक हुन्छ, सर्व मान्य नभए पनि पार्टि मान्ने त अवश्य हुन्छ । कुनै पनी राष्ट्रलाई दिगो शान्ती र समृद्ध वनाउनका लागि असल राजनितिको आवश्यक पर्छ । राष्ट्रको विकास गर्न सत्ता संचालन गर्न जनताले जनतामाथि जनताले चुनेका प्रतिनिधिले नै देसको कानुन व्यवस्था संचालन गर्न असल राजनिति गर्नू पर्छ ।

 जसरी एउटा इन्जिन चलाउन फ्युल र सिष्टमको आधारमा सञ्चालन गर्न सकिन्छ ठिक त्यसै गरी देसमा पनि राजनितिज्ञहरुले राजनिति मार्फत शासन सत्ता चलाउनुपर्छ र सकिन्छ, फेरी राजनिति कस्ता व्यक्तीले कसरी गर्ने ? किन गर्ने ? के का लागी राजनिति गर्ने ? भन्ने कुरा पनी आउछ । साच्ची भन्नुपर्दा राजनिति गर्ने भनेको देस र जनताका लागि निस्वार्थ भावनाले सेवा गर्नु पर्ने हुन्छ राजनीति त्यस्ता व्यक्तीत्वले गर्छन जसले लिने होइन देस र जनताका लागि दिने काम मात्र गर्छन त्यस्ता व्यक्तित्व लाइनै राजनितिज्ञ नेता तथा जनप्रतिनिधि भनिन्छ । तर हामिकहा संसदीय राजनिति भनेको गुटगत भ्रस्टाचार गर्ने अनि गर्न लगाउने एउटा पेशा हो व्यापार हो भने जस्तो गरी राजनिति गर्ने प्रचलन शुरु भएको छ । वास्तवमा राजनिति गर्ने भनेको देस र जनताका लागि निस्वार्थी भावले गरिने सेवा नै राजनिति मानिन्छ, तर आज आएर राजनिति भनेको सवै भन्दा सजिलो नाम दाम एकै पटक संग सगै कमाउन सकिने माध्यम वन्दै गइ गहेको छ ।

जसको कारणले हालको दलाल संसदिय राजनिति असल हुन् सकेन, व्यवहारिक बन्न नकेन, न त पर्टि मान्ने नै बन्न पुग्यो । बडो दुखको कुरो ! कारण गुटगत भ्रस्टाचार सिद्धान्तको राजनिति । पहिलो कुरा राजनितीक पार्टि भनेको बिचार मान्ने समुहको साझा संगठन हो । त्यहाँ बहस हुन्छ, अन्र्तक्रिया हुन्छ, सबैको बिचार एकन्त्रित हुन्छ, सबैको भौतिक शरीरमा हुने अङ्ग एउटै भए पनि अनुहार फरक फरक हुन्छ,तर बिचार समुह चाहिँ एउटै हुन्छ । त्यो विरासत लाई जोगाउन जरुरी पनि हुन्छ । आजभोली गुटगत भ्रस्टाचारि राजनितिको नामबाट हुने राजनितिले देशलाई अनिर्णयको बन्दि बनाएको छ ।

यहाँ त विचार मान्ने हैन गुटगत भ्रस्टाचारि समूह भए हुन्छ र मान्ने पनि गरिन्छ, राज्यको परिवर्तनकारी सक्तिले गुटगत भ्रस्टाचार गर्ने तथा गराउन लगाउनेहरुलाई जनताको विचमा ल्याएर नांगेझार पार्न खोज्दा गुटगत भ्रस्टाचार गर्ने दलाल हरुलाइ मजाक लाग्न सक्छ, कमेडि हो जस्तो लाग्न सक्छ किन भने भर्खरैको राजनितिलाई केलाउदा MCC सम्झौता देशको लागि घातक हुने निस्चित छ यो हुन दिनु हुन्न भन्ने गरेको अावेकमा वलि अर्थात भ्रस्टाचारि गुटले तत्कालिन माअोवादि पार्टीका नेता तथा सभामुख कृष्णबहादुर महरा लाई योन काण्डमा जेल हाले ,जसलाई थाहा छ गुटगत भ्रस्टाचार भनेको के हो ?  भन्ने वारे, प्रति जवाफमा सर्वस्व गुमेको तत्कालि नेकपा – एमालेका नेता तथा सुचना तथा सञ्चार मन्त्री केपि वलि सरकारको भ्रस्टाचारि गिरहो का मुख्य नाइने गोकुल बास्कोटा लाई पक्कै थाहा छ गुटगत भ्रस्टाचार को सिकार कसरी वनियो ? भन्ने वारे, अनि नेकपा एमाले को महासचिव तथा वालुवाटार जग्गा कान्डका प्रमुख नाइके विष्णु पौडेललाई अझ खासमाप्रस्ट त केछ भने “जनता जनार्दन हुन” यदि जनताले मुक्ति को, स्वाधिनताको, परिवर्तनको, दमन विरुद्धको, फासिवादि हर्कत विरुद्धको उन्मुक्ति तथा न्याय पाउने अाकांक्षा राख्दछन भने जति नै विशाल साम्राज्य को बादसाह भए पनि धुलो चटाउछन भन्ने कुरा ।

अझ झन घाम जस्तै छर्लङ्ग त अध्यादेश जारि तथ अध्यादेश जारि तथा फिर्ता विषयले महापतन भएका बर्तमान प्रम केपि शर्मा वलि लाई थाहा छ भ्रस्टाचारिको गुटलाई संरक्षण गर्न नसक्दा को तथा गुटगत धोका र गद्दारि पाएको र गरियको कुरा । यो त ज्वलन्त उदारण हो अझै यस्तै यस्तै कति हो कति । यतिका नेताबाट नेपाली जनताले के सिक्ने असल राजनिति कि गुटतग भ्रस्टाचारि संसदवादि राजनिति ? या संसदवादि कम्युनिस्ट पार्टिको दर्शन र सिद्धान्त, विचार या कार्यदिशा, रणनिति वा कार्यनिति, समृद्धि र विकास या विनास ? अनि यसको जवाफ अाम परिवर्तनकारी न्याप्रेमि मुक्तिगामि, राष्ट्र भक्ति नागरिकहरु तथा असल राजनिति दलका कार्यकर्ताले यसको हिसाबकिताब माग्ने कि नमाग्ने?यसको विरुद्ध सम्पुर्ण राष्ट्र भक्ति मुक्तिगामि समुदाय एकीकृत भएर परिवर्तन, मुक्ति, स्वाधीनता, समृद्ध र विकासको अाकांक्षा राख्नेकि नराख्ने ? राख्न पर्ने वेला अाएको छ, माग्न पर्ने वेला अाएको छ, सोध्नु पर्ने बेला आएको छ तथा दिगो सान्ति अनि समृद्ध राष्ट्र निर्माणका निम्ति अावस्यक्ता अनुसार अाहुति र वलिदानि दिन पनि तयार हुनु पर्ने वेला अाएको छ ।

 नेपालिमा उखान छ बुढापाकाहरु असफल भएका हरु पुनः असफल हुन चाहँदैनन् उनिहरु सफल हुन चाहन्छन् । काममा चेत खाएकाहरु पनि पुन गल्ति दोहोर्यााउन चाहदैनन् । सज्जन बन्न चाहन्छन् । तर राजनिति गर्ने केहि नेपालका नेताहरु आफ्नो गल्तिबाट पाठ नसिकि पुनः गल्ति दोहोर्याउन खप्पिस हुछन् चाहन्छन् र निरन्तर एक माथि अर्को कुकर्म गर्न तिर तल्लिन हुन्छन । यो सत्य हो अाज विदेशिका पाल्तु भाडाका सिपाहिहरु एक पछि अर्को दमन, अमानविय गतिविधि, राष्ट्र घाति सम्झौता, क्रुर तथा दानविय व्यवहार, अनेक किसिमका काण्डै काण्ड कहिले जग्गा, कहिले सुन, कहिले बलात्कार, कहिले जहाज, कहिले, अौसधि, लास माथिको कात्रो को वार्गेनिङ त कहिले अध्यादेश जस्ता देश र जनताको मर्म र भावना विपरित कार्य निरन्तर गरिरहेका छन र रहन्छन ।

अब त्यो सम्भव छैन र हुनै सक्दैन पनि । नेपालको इतिहासमा आज सम्म जति पनि दमन,गुट र निरंकुसताका विरुद्ध परिवर्तन भए त्यो विषयमा सासकलाई भुईमा पछारेको ईतिहास जकजायर छ दलाल भ्रस्टाचारि हरुलाई धुलो चटाएको, साम्राज्य हरण गरेको इतिहास जक्जायर छ, निरङ्कुश शासन धेरै समय टिक्न सक्दैन् भन्ने विषय घाम जस्तै छर्लङ्ग छ विगतमा निरङकुश राणाशासनका विरुद्ध परिवर्तनकारी मुक्तिगामि जनसमुदाय ले इतिहास रचेको, निर्दलिय पञ्चायतको पतन पनि परिवर्तनकारी शक्ति ले नै गरायको, राजाको हैकम बादी शासनको अन्त्य पनि क्रान्तिकारी जनताले नै गरायको ईतिहास ताजै छ यी तमाम किसिमका घटनाक्रम अाखा अगाडि पहाड जस्तो छर्लङ्ग हुदा हुँदै पनि संसदिय दलाल पुजिवादिहरु एका देशको सम्राट बन्न खोज्नु, जनता का हरेक न्युनतम तथा अाधारभुत अावस्यक्ता हरु लाई समेत बन्दी गरेर क्रुर दानविय व्यवहार देखाउनु सत्य सावित के हुन्छ भने विदेशि शक्ति साम्राज्यवादी दलाल नोकरसाहि पुजिवादि का वफादार सिपाहि वनेको पुष्टि गराउन खोजेको गम्भीर तर हास्यास्पद चरित्र देखिन्छ ।

विदेशि दलालका चौकिदार हरुले सिंगो गरिब जनताको नाम लिई गरिब माथि नै दमनकारि राजनिति गरिरहेका छन् र हुन्छन, ईतिहास जकवायर छ यदि कुनै नेताले अादर्शको रुपमा स्थापित राजनितिक सिद्धान्त, नीति र मुल्यहरुलाई निजि उपभोग र मुनाफाका लागि बजारमा व्यापार विनियमको वस्तु बनाउदछ भने उसको महापतन कसैले पनि कल्पना नगरेको स्थानमा पुग्दछ । गलतलाई गलत भन्न नसक्दा आज सिंगो देश अनिर्णयको बन्दी भएको छ । राज्यसत्तामा पुगेर भ्रस्टाचारि गुटगत राजनिति गरेर धन कमाउने उद्देश्य मात्र लिएर नेता बन्न खोज्नेको हठको कारण आज सिंगो राष्ट्र पिडित बनेको छ । अब अन्त्यमा तमाम किसिमका राज्य विरुद्ध रचियका सडयन्त्र गरियका क्रुर तथा दानविय व्यवहार, भ्रस्टाचार र काण्डै काण्ड अनि राष्ट्र धाति सन्धि सम्झौता का विरुद्ध तथा निजि स्वामित्व मा विलय भएका गुटगत भ्रस्टाचार गर्न तथा गराउन मायर नेपाली राजनितिका संसदवादि कमाउनिस्ट हरुको विरुद्ध र सामुहिक अस्थित्व, राज्य स्थिरता,स्थायि सान्ति, समृद्धि र विकासका निम्ति नेपालको दलाल संसदिय राज्य व्यवस्थाले निम्त्याएको नेपाली राजनितिमा वस्तुगत परिस्थितिको परिणाम लगायतका तमाम विषयमा सच्चा राष्ट्रवादि देशभक्त परिवर्तनकारी न्यायप्रेमि क्रान्तिकारी शक्ति हरुले नेपाली जनता सामु यिनको पतन विषयमा स्पष्ट गर्नुपर्छ ।

हो यो वैदेशिक दलाल संसदिय गुटगत भ्रस्टाचारि व्यवस्था को विश्लेषणमा कुनै व्यक्तिगत चाहना वा इच्छाको विषय नभई समग्र नेपाल र नेपाली पुजिवादि दलाल संसदिय भ्रस्टाचारि राजनीतिकको स्थिति, पतन र नया समाजवादि राज्य व्यवस्था उदय गर्न नितान्त अावस्यक्ता बन्न पुगेको छ । संसदवादी गुटगत भ्रष्टाचार गर्न मायर नेपाली कमाउनिस्टको अस्लियतले केकुराको संकेत गर्दछ भने जसरि ०७ साल ३६ साल ४६ अनि ६२/६३ सालको भिसण टक्करवाट मुक्तिगामि परिवर्तनकारी नेपाली जनताले अाकांक्षा राखे वमोजिमको उपलव्धि हासिल गर्न नसके पनि हदसम्म साम्राज्य का बादसाह हरुलाई सर्वस्व जनतालाई सुम्पन बाध्य पारियको थियो ठिक त्येसै गरि अर्को भिषण टक्करको पर्खाईमा रहेको संकेत पनि देखिन्छ । तसर्थ दलाल पुजिवादि राज्यव्यवस्था को कितावमा गुटगत भ्रस्टाचार को अखेडा बन्न पुगेको यो व्यवस्था अन्तत वैज्ञानिक समाजवादि राज्य व्यवस्था ले चुरचुर बनाउनेछ,खरानी पार्नेछ,साम्राज्य खोस्नेछ इतिहासमा कसैले नखसालेको बादसाहलाई सदाकोलागि वर्तमान र भविस्य समेत धुलोमा मिसाउनेछ र वैज्ञानिक समाजवादि बिकुल फुकाउनेछ, जनताको सासनको प्रत्याभुति गराउनेछ साम्यवादी फुल फुलाउनेछ ।

You can share this post!