अखिल क्रान्तिकारी ललितपुर द्धारा विद्यार्थि र मजदुरलाई राहत वितरण

ललितपुर । विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीले ललितपुरमा महामारी पीडित एक दर्जन विद्यार्थी र श्रमिकको परिवारलाई राहत वितरण गरेको छ ।


जिल्ला अध्यक्ष अग्रीमको नेतृत्वमा १० श्रमिक परिवारलाई राहत वितरण गरिएको र अन्य क्षेत्रमा पनि हेरेर उपलव्ध गराउन प्रयास गर्ने अखिल क्रान्तिकारीले जनाएको छ ।

साथै अग्रिमले एक विज्ञप्ति जारी गरी कोरोना भाईरसको महामारीको जोखिमको यस्तो समयमा समेत सरकार र जनप्रतिनिधिहरुले आसेपासेलाई मात्र राहत उपलव्ध गराएर वास्तविक श्रमित र पीडितहरुलाई नदिएको भन्दै सरकारको ध्यानाकर्षण पनि गराएका छन् ।


उनले अत्यन्त पीडामा परेका परिवारलाई संगठनले थप राहत उपलव्ध गराउने बताएका छन् ।

प्रेस विज्ञप्तिकाे पुर्णपाठ

You can share this post!