अछामका १२ जना माननीयलाइ खुलापत्र

भक्त ठकुल्ला

आदरणीय अछाम जिल्ला बाह्रजना प्रतिनिधि सभा तथा प्रदेश सभा माननीय ज्यूहरु !

हार्दिक नमस्कार तथा जय नेपाल !

सबै जना सकुसल रहनु भएको होला साथै सकुशसल रहन अन्तर हृदयबाट कामना। अदृस्य अद्भुत सक्ति कोरोना भाइरस को त्रास सिङ्गो संसारले अनि हाम्रो रास्ट्रले समेत भोगी रहिरहेको यस भयावह परिस्थितिमा हाम्रा जनप्रतिनिधि ज्यूहरु लाई पत्र लेख्न बाध्य भएकाे छु । यसलाई नकारात्मक दृष्टिकोण बाट नसोचियोस भन्ने अनुरोध छ। हाम्रो रास्ट्रको संबिधान अनुसार लोकतान्त्रिक गणतन्त्रको खुला चुनाबमा आआफ्नो पार्टीबाट उम्मेदवार बन्नु भै यहाहरुको पार्टीको शिद्धान्त र चुनाबी नारालाई पत्याई जनताको अभिमतले बिजयी हुनुभई अछाम जिल्लाबाट निर्बाचित वा मनोनित जो जे जहाबाट होस् तपाइहरु आउनु भयको जनताकै मतको धरातलबाट नै हो र यहाहरु भाग्यमानि पनि हो र आआफ्नो क्षमताको कदर पनि हो। अछाम जननीको आशिर्बाद तर अछामी जनताको भाग्य पनि तपाईहरुसङ्ग गासियको छ। सम्पूर्ण अछामी नागरिकको तपाइहरु प्रति बोकेको आशाको त्यान्द्रो सम्पूर्ण मतदाताको मानस पटलमा थियो र आजतक छ ।

हाम्रो नारा थियो रोजगारी, न्यायपूर्ण समाज, शान्ति, समृद्धि अनि सिङ्गो रास्ट्रको बिकास । चाहे बिध्वेश्वर प्रशाद कोइरालाको लोकतान्त्रिक समाजबाद होस् वा अरु अन्य जुन कुनै बाद भयता पनि अन्तत; नेपालको संबिधान अनुरुप समृद्धि समाज, बिकसित राष्ट्र, सार्बभौम स्वतन्त्र रास्ट्र , आदि इत्यादि प्रतिज्ञा गर्दै जादा नेपालमा ने क पा एकिरण भयर २/३ बहुमत प्राप्त भयो । नेपालमा २/३ बहुमतको सरकार बन्यो नेपालि जनताको सौभाग्य खुल्यो अब म पनि समृद्धिको सदस्य बने भन्ने मेरो पनि खुशीको सिमा नै रहेको थियन किनकि पार्टी वा सदन भित्र तछाड मछाड ५ बर्सको लागि नहुने निस्चित त भयो भनेर । अर्को खुसि के थियो भने ने क पा को नारा र रटान ०४६ साल देखि नै हाम्रो देशको गरिबीसंग मेल खाने नै थियो। कम्युनिस्टको सरकार त्यो पनि २/३ बहुमतको भयो भने बैज्ञानिक युगको शुरुवात नेपालबाट हुनेछ सबैजनामा समानता आउने छ कसैको व्यक्तिगत सम्पति रहदैन सर्बहारा बर्गको नेतृत्वको शासन चल्ने छ कुनै अन्य देशबाट उत्पादन गरियको सामान भित्र्याउन दिने छैन देश भरिका ठुला ठुला महलहरु सबै सरकारका हुनेछन। बुर्जुवा शिक्षा त्यागिने अग्रगामि तथा समानान्तर पाठ्यक्रमको शिक्षा गरिब धनीका छोरा छोरीलाई पढ्ने स्कूल समान । अहो ! कति हो कति लेखौ भने त्यो पार्टीका नारामै समय जान्छ होला अनि मेरो चिट्ठी नै हराउछ ।

हाम्रो अछाममा पनि कमरेड मित्रहरुले रटाउनु भएका रटान आम दाजुभाई दिदीबहिनीहरूले बिर्सिनु भयको छैन । सरकार बन्यो तर नहुने बिरुवाको खस्रो पातको सुरुवात संगै जनता माथि बज्रपातको प्रारम्भ भयो । हत्या, बलात्कार, भ्रस्टाचार, अन्याय अत्याछार यति भयोकि आम नेपालि मात्र नभई बिस्व चकित पार्ने हैसियत यो सरकारले बनायो । यो कांडै काण्डको सकारको नाम लेखौ भने चिट्ठी उपन्यासमा बदलिने भयकोले यसलाई पनि उदाहरणमा सिमित राखे ।

आदरणीय बाह्रजना माननीय ज्यूहरु अब मेरो पत्रले खास बिसयमा प्रवेश गर्दैछ । बिस्वको ईतिहासमा दैबी सक्ति युक्त COVID 19 ले बिज्ञान, विद्वान र अत्याधुनिक सस्त्र अस्त्रलाइ पनि चकित पारिदियो आज तपाई हामीहरु पनि आम नागरिक त्यो बन्दको सिमा भित्र नै छौ । आखिरमा मानिस मर्छ नै आजको मृतु बिलगेटस र हाम्रै गाउको उजाड मरुभूमितुल्य बारीको पाखोको रातदिन नग्रा खियाउदै हिड्ने किसान काकाको मृतु समान रुपमा हुदैछ भने तपाइँ हामि सचेत छौ कि ? मृतुको अगाडी कसको के लाग्छ र ? जो कोहि मानिस पनि जन्मे पछि मर्ने पर्छ ।

सबैको सपनामा ठुलो समस्या खडा भयो हामीले जति घमण्ड गर्छौ आखिर दिन गुजारा मात्र हो स्तर फरक होला । अरुको उपकार कल्याण हुने काम नगरे सम्म कुनै व्यक्तिको ईतिहास कायम हुदो रहेनछ हामीले पढेकै छौ क्या रे । आज कोरोना को भयभित दीनमा आफ्नो त्रास संझौ अनि २ छाक टार्न कुटो कोदालो भरिया र ज्यालादारी गरिखाने मजदुर सङ तुलना गरौ । मृत्युसंग मडारियाको घडीमा एक क्षण सोचौ की हजुर ? आखिर काल काल नै हो त्यो निडर कसैले लोभ्याउन पनि नसक्ने शाहासी नै रहेछ ।

अन्य देशमा भन्दा फरक प्राय; भारतीय मुलुकमा रोजगारिमा रहेका पिडितहरुको रोधन छ कि संसार बन्द भयो, रोजगारी गयो, आशाका सबै त्यान्द्राहरु हरण भय हामि बाउ आमा अर्धाङ्गिनी बचेरा एबं गाउ समाज छोड्न बाध्य भै जुन सुकै देश होस् गुजाराको लागि बिदेशिय ता पनि रेमिटेन्सले तपाइहरु लगायत देशलाई टेवा पुर्याउने कार्य रास्ट्रसंगै अछामलाई पनि टेवा पुर्यायका छौ भन्ने हामि प्रदेशीलाई गर्व थियो तर हामि प्रतिको ब्यभाहार देख्दा प्रश्न छ, जनप्रतिनिधि ज्युहरू ! के हामीले तिरेको कर अनि रेमिट्यान्सको अंश तपाइहरुको तलब भत्ता अनि राज्यबाट सुविधा पाई गुडाउदै गरेका गाडीमा पुगेको छैन र ? तपाइहरु जनप्रतिनिधि हुनुमा हामीले दिएको मतको गणना भएकाे थियन र ? यदि छैन भने जनप्रतिधिज्यूहरु हामीलाई जन्म दिनकै सराप रहेछ दुखीको भूमरीमा मात्र बास हुने बाध्यताले चित्त बुझाउछौ । अब हामि अभागीलाई सापटी दिनुहोस कोरोना नलागे सम्म जिउदै घर फर्किनुलाई सहयोग गरिदिनुहोस् । सित्तै गर्नु पर्दैन त्यसको सट्टामा हामि फेरी तपाइहरुलाइ मतदान गर्नेछौ । रोजगारीमा विदेश गयर कमायार रेमिट्यान्स पठाउने छौ कर तिर्ने छौ । मतदान गरिरहने छौ । हाम्रा छोरा र छोरीलाई कार्यकर्तामा भर्ना गरी जिताई रहने छौ । तपाइहरु पहिले जस्तै झुट्टो आस्वासन दिनु हुनेछ । जागिर त पक्कै आफ्ना नातेदारलाई दिनु हुनेछ र फेरि तपाइहरुलाई ठुलो बनाइ रहन आज्ञा पालाना गर्दै आपसमा झगडा गरी रहने छौ । हामीले जसरि मानि आयका छौ हो तेस्तै तेस्तै तर तपाइहरुका सर्त केवल स्वार्थका खातिर थिय भने हाम्रो सर्त केवल छाक टार्न र प्राण धान्नका लागि मात्र हुने छन् । त्यसैले तपाइहरुले पनि हाम्रा यहा उल्लेखित सर्त सुन्नु त सक्नु हुन्छ नि होलानी है ?

यस्ता थुप्रै गुनासाहरुसंगै अन्तिममा उहाहरुको रोधन फेरी ठोकिन पुग्छ कोरोनासंगै काल मडारिदै घर घर हाउगुजी झैँ छिर्दै र अन्य देशमा दैनिक मृत्यु बरण गरिरहेको तथ्य परिणामको भयावह सन्देश प्रवेश गरिरहेको कठोर पिडादायी रोदनमा अब इच्छाका सपना र आसाका किरण त के छ र के छैन त्यो त कोरानाले हरण गरिनै सक्यो । भ्रस्ट र भाइरसले देशको अर्थतन्त्र त हाम्रो जिबन भर संग्लिदैन पक्का हो । उफ् !

अछामबाट भारतीय मुलुकमा रोजगारमा जानु भएका कर्मठ मित्रहरुको आवाज संचार माध्यमबाट गुन्जी रहेका चित्कारहरु पनि कान थापौन हजुर । संचार माध्यमबाट जानकारी लिए र पाए अनुसार हामीहरु देहत्याग गर्नै परे पनि मातृभूमिमा आयर तेही प्रकृतिको स्वच्छ हावा अनि तेही पाखा पखेराको दाउराले लाश जलोस भन्ने प्रार्थनामा छौ । मानिस सदा सर्बदा जिउदो रहदैन कर्मले कहिलेइ मर्दैन तपाइहरु त अध्ययन गर्न पाउने भाग्यमानि बिद्द्वान नै हुनुहुन्छ ।

हामि अशिक्षित प्रदेशी हौ राजनितिक दाउ अवसर पनि बुझ्दैनौ चुनावका समयमा भारत जानु पर्दैन देशमै सबै ब्यबस्था गर्छु भन्दै रास्ट्र बादी गित मात्र होइन सिमानामा सुरुङ्ग खनेर जंगलमा बन्दुक पड्काउन समेत पछि नपरेको घटना ताजै छ । केहि समय अगी फेरी लिम्पियाधुराको लफडा निकाल्दा त अब भारतीसँग मराउने खेल होकी साच्चै खै के खै सोच्दा सोच्दै कोरोनाको हाउगुजीले विभिन्न शहर जस्तै मुम्बई, दिल्ली, गुजरात, मध्ये प्रदेश, राजिस्थान, हरियाना, बंगलोरका हरेक कारखाना स्कूल घर बजार गाडी बन्द हुदा बस्ने खाने केहि नहुदा हजारौको संख्यामा आएर सीमानामा अलपत्र परिरहेको कोहि पनि बेखबर हुनुहुन्न क्यारे ! कतिपए त पैसा नभएर सिमाना सम्म आउन पाएका छैन उता बस्ने खाने अत्तो पत्तो नै छैन त्यो पिडामा बहुसंख्यक हामी अछामी कै छ किनकि हामि त पढ्न नापाएका गरिब अशिक्षित का लागि जागिर पाउने त्यहि छिमेकी मुलुक भारत हो । नरिसाउनु होला तपाइहरु त ठुलो मानिस फेरी गार्हो पर्ने हामीला नै हो । तर कतिपए ठाउमा प्रबासिय सम्पर्क समितिहरुले सक्दो सहयोग गरेको खबरले उहाहरु धन्यबादको पात्र हुनुहुन्छ ।

माननिय ज्यूहरु साँफेबगरमा युबा समुहले बयलगडा अस्पताल अछामलाई सहयोग स्वरुप लाखौ रुपैया चन्दा संकलन गरिरहनु भएको छ । यो संचारको युगमा बेखबर त हुनहुन्न पक्कै हो । अनि अर्को खबर निर्बाचित माननियज्यूहरुले बिकास कोषको वितरण गर्न पाउने रकम पनि ३ / ६ करोड सरकारले कटौती गरि सकेको छैन क्यारे ! त्यो डडेलधुरा जिल्लाको प्रदेश सभा सदस्य कर्ण मल्ल ज्यू ले ३ करोड रकम कोरोना राहत कोस घोसणा गर्न सक्ने अछामका ६ जना माननियज्यूहरुले दिन नसक्नु कारण के होला ? के तपाइहरुको तलब भत्ता कटायर दिनु पर्ने नै त थियन होला नि हजुर ? अछाममा ६ जना माननीयको बिकास कोस मात्रै बर्सको २४ करोड खर्च पाउनुहुदो रहेछ । जनता रहेन भने त्यो बजेटकाे के काम ? जनताको कल्ल्याण हुने कार्यको सिमा भन्दा बाहिरको कोस त होइन नि ? तपाइहरु आफ्नै प्रगतिमा हुन्हुन्छ होला शुभकामाना छ तर माननिय ज्यूहरुको धरातल नागरिक मतदानले माननीय पदमा पुग्नु भयको पक्कै हो नि । कि बिर्सिने समय भै सक्यो र ? ६ जनाको ५०% मात्रै गर्दा त सायद अपुग होइन धेरै हुन्छ होला अछामका सम्पूर्ण जनताहरुलाई भारतबाट सकुसल आआफ्नो घर आगनमा पुग्न पाउदा खुशीको सिमा रहन्थ्यो होला र ? मतदाताहरु मृत्युको मुखमा छटपटाइ रहदा दया नहुने त्यो नेताहरुको हृदय कति निर्दयी र कठोर रहेछ ? तपाइहरु कुन संसार जित्ने लडाइमा हुनुहुन्छ ? तपाइहरु त आआफ्नै लागि मात्र होइन त ? त्यो पनि जनताको मतको कृपा र तपाइहरु आस्वासन मात्रै बाड्ने खुबीले ठुलो हुनुभयको हाे । के तपाइहरुको मनमा हामि प्रति भोट बाहेक अरु केहि ममता छ र ? छ भने कहा होला त्यो आसाको त्यान्द्रो खोल्ने कहिँ ठाउछ कि ? यो भन्दा अर्को ,माहामारी आउने संकेत पाउनु भएको त छैन नी ? छ भने त्यो पनि घोषणा गरि दिनु होला जनताका माझमा । राहात घोसणा गर्न सक्ने निस्वार्थ हिम्मत छ र महासयहरु ? मनोनित, समानुपाति मानिय ज्यूहरुले जिल्लाबासीको स्वास्थ्यको खातिर 1 महिनाको तलब भत्ता दान गर्ने साहास देखाउनु सक्नु हुन्छ ? केहिदिन पहिले माननीय राम ब बिस्ट ज्यूले सामाजिक संजालमा राहात दिने घोषणा गर्नु भएको जस्तो छ तर जिल्लामा हो की कता हो थाहा भएन उहालाई धन्यबाद छ ।

यस ब्रमाण्डमा जुन व्यक्तिले महान इतिहास रचे स्वार्थमा होइन त्यागमा रचेका छन् र प्रतिबाद गर्ने सयंत्र पनि भयका छन् तर जनता देश र समाजको लागि जस्तो सुकै दुस्मनी मोल्दा पनि ईतिहास बनिरहेको सर्बबिधित नै छ । महात्मा गान्धिले भारतलाई ब्रिटेनको उपनिबेशबाट मुक्त गराउन शान्तिको मार्ग अबधारणा गरेर सफलतामा आइपुग्न लाग्दा भारत पाकिस्तानको बजेट ब्यबस्थापनको निहुमा नाथुराम घोड्से द्वारा मारिय । नेपालमा विश्वेश्वर कोइरालाले अंग्रेजहरुको उक्साहटले राजालाई सत्ताच्यूत गरेर राणाहरुलाई जहानिया शासन गर्न चाहन्थे अंग्रेजका बिरुद्दमा भारत आन्दोलनमा सहभागी भएर २००७ सालमा राणा शासन हटायर राजा सहितको प्रजातन्त्र स्थापना गरेर प्रधानमन्त्रि हुदै गर्दा समाजबाद लागु गर्न लागि पर्दा कोइराला चर्चित भै काम गरिरहदा भारत र नेपालकै सक्तिको मिलेमताेमा सत्ताच्युत गरियो । पुन: निर्वासनमा हुदा सिक्किमकै जस्तो जोखिम नेपाललाई आइलाग्ने थाहा पाउन साथ झुण्डिनु परे पनि नेपालनै जानु पर्छ भनि मेलमिलाप नीति लियर नेपाल आउदा लामो समय जेल राखियो । उहाँले रास्ट्रबादी भूमिका निभाउनु भयको इतिहास नेपालको सामु छ । आजको लोकतान्त्रिक पद्दतिको सुमार्गको पहिलो सिढीले बिस्वेस्वर कोइरालालाइ बिर्सनु सक्दैन ।

अब्राहम लिंकन शान्ति पथद्वारा अति गरिबी घरबाट ७ बर्सको उमेर देखि बाउसँग दाउरा चिराईको कामबाट परिवार पाल्ने र जिबन गुजारा गर्ने बाध्यताको जिबन थियो । जसले पछि रास्ट्रपति भयर दाश प्रथा उन्मुलन गरेका थिए बाराक ओबामा जस्ता मानिस अमेरिकाको रास्ट्रपति हुनमा वा आज बिस्वको मानिस अमेरिकाको नागरिक हुन पाउनमा पनि लिङ्कनको विभेदरहित शान्ति पूर्ण संघर्सकै देन मानिन्छ तर तेस्तो व्यक्तिको पनि नाटक घरमा मौका छोपेर रास्ट्रपति पद हुदैँ गर्दा एउटा मामुली मानिस जोहन बिल्केसको हातबाट गोलि हानेर हत्या गरिएकाे थियाे । निस्वार्थी स्वभावका कारण चे ग्वेभारा जो क्युबाको कम्युनिस्ट क्रान्तिका चर्चित व्यक्ति हुन् तर समकक्षी नेता फिडेल कास्त्रोले सत्ता सम्हाले कास्त्रोले ५९ वर्ष पछि आफ्नै भाइलाई बल्ल बल्ल सत्ता सुम्पे तानाशाह भय, चे अति महत्वाकांक्षी भयर पुन : अफ्रिका कंगो क्रान्ति शुरुवात गर्न गएका थिए र उतै मारिए ता पनि अहिले सम्म विश्व समुदायकाे अग्रपंतिमा छन् ।

क्रान्तिका नायक माओले अभुतपुर्व परिबर्तन गरे तर गरबि यति बढ्यो कि नागरिकले खानासम्म पाएनन र जिबजन्तु, किरा र घास समेत खान बाध्य भए तर देङ्ग जि याओ पिन जसले चीनको आर्थिक उदारीकरण नीति अबलम्बन गरेकै कारण आज चीनको आर्थिक गतिले बिश्व चकित भयको छ । यस्ता थुप्रो नेताका ईतिहास छन् लेखेर साध्यनै हुदैन । यसको अर्थ हो जनताका मतले नेता भएका व्यक्ति बिना त्याग योगदान बिना ईतिहास रच्न सक्दैन । नेताका लागि कोहि आफ्नो बिरानो हुँदैन । सबै आफ्नै नागरिक त हाे भनि चिन्न नसक्ने व्यक्ति जनताकाे नेता हुन सक्दैन ईतिहास रच्नु त कता हो कता ? मृत्यु भएको ९६ वर्ष भयो लेनिनको शब् समाधिमा राखेको । आज रुसको परिणाम ? र पनि जनतालाई माया गरेकाले वा पछिका शासकको स्वार्थले भए पनि करडौ करोड खर्चेर माओको शव, हो छि मिन्ह को शव, किम विल सुंग को शव आदि आदि करडौ खर्चेर सजाइयका मुर्तिको केवल देखाउने चित्रमा परिणत हुदैछन ता पनि आमजनताका खातिर गरियको निश्वार्थ योगदानको कारणले ईतिहास बनेको हो । तपाईहरुको भोलि जनता माझमा बाड्ने दाउपेचको नारा अनि जनतालाई मार्ने मराउने मात्र हो त ? जनताको लागि गर्ने अहिलेको जस्तो सङ्कटको समयमा हो अनि काम गर्ने बेला भएन र ?

आदरणीय माननीय ज्यू आजको महामारीमा सरकार पक्ष छदै छ तर तपाइहरुले गरेर देखाउनु पर्ने ठुलो चुनौति छ । समयले सहयोग र उदारता मागेको छ यदि सकारात्मक लिनु भयो भने । अन्यथा भबिस्यले तपाइहरुको पथ तय होला । किन कि तपाइहरुको भाग्यलाई जनताको आसुले बगाउन सकेन भने जहाको त्यहिँ हुनुहोला नत्र भने जनता जनार्दन भन्ने उक्ति लाग्ला कि ? हिजो मात्रको खबर भारतमा लुग्रा गाउका चेतराज खडकाको सपरिवार मुम्बैमा कोरोनको कारण अस्पतालमा रहनु भयको समाचारमा पनि बेखबर हुनुहुन्न होला र समाचार बाहिर रहेका त कति होलान कति ? किनकि सुदुरपस्चिममा साक्षर नभयका मानिस रोजगारीको लागि जाने रोजगार पाउने मुलुक नै भारत हो भन्ने हामीलाई थाहा नै छ । कोरोनाको नियन्त्रण पश्चात समाजबाद र रास्ट्रबाद अनि रोजगारीका बारेमा जनताबाट तपाइहरुप्रति प्रश्न राख्ने आसा गर्दै चिट्ठीको बिट मार्छौ उही पिडित प्रदेशीको आशाबादी अछामी जमात नमस्कार जय नेपाल !

लेखक नेपाली कांग्रेसका नेता तथा समाजसेवी हुन

You can share this post!