भाइरसभन्दा ठूलो भोकमरी काल मान्छेको

बि पि बिद्रोही 

उता कस्तो छ यहाँ येस्तै छ हाल मान्छेको ।
भाइरसभन्दा ठूलो भोकमरी काल मान्छेको ।।

कोरोना लाग्दा शहरमा मास्क र दबाइ हरायो ।
भुकम्पमा लुटियो हजुर त्रिपाल मान्छेको ।।

जाबो अलकत्राको के कुरा गर्नुहुन्छ तपाईं ।
सित्तैमा पाए चबाउछन यहाँ कंकाल मान्छेको ।।

कालाहरुले त कमाए धन्दा नै हो ठिक छ ।
कसरी ठडिए शहरमा महल लाल मान्छेको ।।

अत्याचारले सिमा नाघ्यो भने बस्तिहरुमा ।
हातहरु स्वयं बन्छन बन्दुकको नाल मान्छेको ।।

You can share this post!