[ त्यसैले अप्ठ्यारो बाटो…]

बि पि बिद्रोही

उतिबेला तनाशाहहरुले
ग्यालिलियोलाई झुण्ड्याएपछी थाहा लाग्यो
पृथ्वी त गोलो नै रहेछ
सत्य कुरा तितो मात्र होइन
भयङकर पनि हुन्छ

मैले आज
उसको बिरुद्द लडछु भन्दा
उनिहरुले मलाइ ग्यलिलियो बनाउन चाहन्छन
जर्मनिको पुराण सुनाउछन
गोन्जालोको उदाहरण दिन्छन
सद्दाम हुसेनको कथा हाल्छन

मलाई थाह छ
म खरानी भएपछी
थाहा लाग्ने छ उनिहरुलाइ
उस्को बिरुद्ध त लडनै पर्ने रहेछ

मलाई यो पनि थाह छ
उनिहरुले मलाई अबस्य सिद्द्याउने छन
त्यसैले ,
म सिद्धिन भन्दा पहिला
मैले उससग होइन
म पछि उनिहरुले उस हरुसग लड्ने
कला सिकाउनु छ
साहस जुटाइदिनु छ
मोर्चा र फर्मेशनका ढाँचाहरु बनाउनु छ
र पस्चातापले नगल्ने मुटु बनाइदिनु छ
सत्य कुरा चिन्ने चेतना उमारिदिनुछ
हो मैले दुश्मनलाई सिकाएर छोडनु छ
युद्धकला !

मलाई थाहा छ
म हिडेको बाटो अप्ठ्यारो छ
मैले देखेको सपना धेरै टाढा छ

म पनि त अरु जस्तै मान्छे हुँ
मीठो कुरा मलाइ नि मन पर्छ
सजिलो बाटो हिडने रहर मेरो पनि छ
तर पनि म रोजिरहेछु अप्ठ्यारो बाटो
हो मलाई सबै कुरा थाह छ
सबै कुरा थाह भएर नै हिडेको हु
अप्ठ्यारो बाटो
मैले ती अप्ठ्यारो बाटोका काडाहरु
सकिन भने पन्छाउन
मेरो पछिको हजार पुस्ता त्यहि अडकिने छ
त्यसैले मैले अद्म्यय साहस गरेको हुँ
निसङकोच सङकल्प गरेको हुँ
तयार छु म ग्यालिलियो बन्न
तयार छु म गोन्जालो बन्न
म अप्ठ्यारो बाटो नै हिडछु
काँडाहरु पन्छाउदै पन्छाउदै

हो साच्ची मैले मेरो लागि भन्दा नि
दुस्मनको लागि केही गरिदिनु छ

भ्रमित बर्तमानको घामड चस्माले हेर्दा
उ मलाई दुस्मन देख्छ
तर एक दिन
दुर इतिहासको खुल्ला आखाले
स्पष्ट देखाइदिने छ
म उस्को मित्र हुँ भनी
त्यसैले म ढुक्क छु
मैले मेरो मित्रको लागि केही गरिदिनु छ
मेरो पुस्ताको लागि केही गरिदिनु छ
मेरो बर्गको लागि केही गरिदिनु छ
म हिडेको बाटो अप्ठ्यारो छ
तर पनि म हिडिरहेछु
हिडिरहने छु।

You can share this post!