दलाल पुँजीवादको चरित्र

तुफान सिंह कालिकोटे

दलाल पुजिबाद बर्तमान बिस्वमा स्थापित एकाधिकारबादी साम्राज्यवादि अर्थतन्त्रको आधारभुत चरीत्र हो । यसले सर्बप्रथम आफ्नै देशभित्रका जनताहरुलाई चरम उपोभोक्ताबादी बस्तुमा परिणत गर्छ । यी बस्तुरूपी उपभोक्ताहरुको मुख्य काम भनेको आफ्नो श्रम र सिपलाई सस्तोमा बेचेर एकाधिकारबादी बजारप्रणालीमार्फत लादिएका उपभोग्य बस्तुहरुको महँगो मुल्यमा बिक्रीवितरण गर्नु हो । यसमा उपभोक्तहरुले आफुले चाहेको आफ्नो हैसियत अनुसारको बस्तु छ्नोट वा खरिद गर्ने अधिकार रहदैन ।

यसभित्र कुनै बस्तुहरु भौगोलिकसङ् जोडिएका हुन्छन् भने कुनै बस्तुहरु ठुलो परिमाणमा उत्पादन भएका कारण सस्ता पनि हुन्छन् तर गुणस्तरका दृस्ठिले कमसल पनि । दलाल पुजीवादीको बिकास र बिस्तारका लागि मुलत: निजि कम्पनी र त्यसमा पनि बहुराष्ट्रिय कम्पनीहरुको स्थापना र संचालन मुख्य आधार हो । बहुराष्ट्रिय कम्पनीको आबस्क्ता यश अर्थमा कि एकाधिकार पुजीवादिहरु आफ्नो देशभित्रको बजारमाथी कब्जा जमाईसकेपछी अन्य देशतिर आक्रसित हुन्छन् ।

अन्य देशमा गएर ब्यापार र बजार नियन्त्रणका लागि विभिन्न सर्तहरु पुरा गर्नुपर्ने हुन्छ जस्तै: आफ्नो पुजि लगानी र ब्यापारको संवद्रनका लागि आफ्नै रास्टिय सरकारको सहयोग संरक्षण तथा अथिती रास्ट्रका नियमकानुन्नहरुको पालना गरिब रास्ट्रहरुमा प्रभावकारी नियमकानुन्नहरुको अभाव हुने हुनाले बहुराष्ट्रिय कम्पनीहरुका लागि यी गरिब रास्ट्रहरुका शोषण र मुनाफाका दृस्ठिले सुनखानी वा स्वर्ग हुन अफ्रिकाका गरिबिहरुलाई श्रमिक बनाएर उत्खनन, प्रसोधन र निर्यात गरिने सुन र हिरामोती कतिपय पश्चिम्मा मुलुकहरुमा बिधामान आर्थिक समृदिका मुख्य आधार हुन । बेल्जियम र नेदरल्यान्डस यसका केही उदाहरणिय देशहरु हुन ।

You can share this post!