कोरोना नियन्त्रण विधि सहित एक युवाको जनार्धन शर्मा प्रभाकरलाइ खुलापत्र

डिल्ली शर्मा

कमरेड प्रभाकर ज्यु!

अभिवादन !!

तपाई हाम्रो जिल्लाको सांसद । पटक पटक मन्त्री भैसकेको ब्यक्ती । मन्त्री मात्रै होइन, सेलिब्रेटी मन्त्री । आज तपाईको हैसियत त्यहाँ पुगिसकेको छ । जो नागरिकहरु सत्तामा बर्गिय सवाललाइ बुझ्दैनन, या संसदिय प्रणाली भित्रबाट पनि देशलाइ कायापलट नै गर्न सकिन्छ भन्ने बुझाइ राख्दछन तिनिहरु जनार्दनलाई प्रधानमन्त्री बनाए धेरै राष्ट्रिय समस्याहरू समाधान हुने आशा राख्दछ्न । तर आजको मितिमा तपाईं उस्तो क्षमता प्रदर्शन गर्न पाउने स्थानमा त हुनुहुदैन फेरि पनि एउटा सुनौलो अवसर तपाईंका अगाडि आएको छ । त्यो हो कोरोनाको महामारी र त्यसका तरङ्गहरुबाट सकभर कर्णाली, कम्तिमा आफ्नो चुनावी क्षेत्रलाई जोगाएर राख्ने र पुरै नेपाललाई संकटको सामना कसरी गर्नुपर्छ भन्ने गतिलो पाठ पढाइदिने ।

संकट त बखतमा आउन सक्छ तर जसले संकटको मोचन गर्न सक्छ ,उहीँ मात्रै युग पुरुष कहलिन पाउछ । इतिहासले उसैलाइ पगरी गुथाइदिनेछ युग पुरुषको । म यो पत्र तपाईंलाई सम्बोधन गरेर यसकारण लेख्तै छु कि तपाईं सर्वहितकारी आइडिया र योजनाहरुलाइ कृयान्वयन गर्ने गराउने सवालमा केपि प्रचण्ड र तपाइका स्थानिय तहका सरकार प्रमुख जत्तिको तुच्छ र पुर्वाग्रहि हुनुहुन्न भन्ने म ठान्छु । तसर्थ कोरोना र त्यसका असरका तरङ्गहरुलाई हामी कसरी फेस गर्दा मानविय सभ्यता धरासायी हुनबाट बच्छ, संकटलाइ मोचन गर्न सकिन्छ भन्ने बिषयमा मेरो मानसपटलमा उठेका बिचार र आइडियाहरु तपाइ सामु शेयर गर्न चहान्छु । कोरना भाइरस आफैमा मानव सभ्यताको दुश्मनका रुपमा आयको छ । यो एक्लै आएको छैन , एक पछि अर्को संकटलाइ संगै बोकेर ल्याएको छ । कोरनाका सम्भाव्य तरङ्गहरु हल गर्न ती तरङ्गहरु के हुन पत्ता लगाउनु जरुरी हुन्छ !

र ती निम्नानुसार छन :

१- कोरोना संक्रमण २- अन्य रोगहरुको उपचारबाट बिमुख ३- भोकमरी ४-अलपत्र नागरिक ५- दिक्क लाग्दो दैनिकी ६- अर्थतन्त्र धराशायी #कोरोना_संक्रमणलाई_कसरी_रोक्ने … – नर बहादुर कार्किको अवधारणा अनुसार प्रत्यक टोलमा “Unit Action Team” गठन गर्ने – Unit Action Team ले ब्यक्ती ,घटना र समस्याहरुको पहिचान,लिखत राख्ने र रिपोर्टिङ गर्ने ! आवश्यक अन्य कामकाजमा परिचालित हुने स्कुल, कलेज, सरकारी भवन या भवन भाडामा लिएर प्रयाप्त मात्रामा क्वारेन्टाइन र आइसोलेसन कक्षहरु बनाउने ! अब आगुन्तुकहरुलाइ आबश्यकता अनुसार राख्ने । सबै स्वास्थ्यकर्मीहरुलाइ PPE उपलब्ध गराउने, अत्याबश्यक क्षेत्रमा काम गर्ने अन्य ब्यक्तिहरुलाइ पनि PPE उपलब्ध गराइनुपर्छ । सबै नागरिकको परिवारमा साबुन, मास्क, सेनिटाइजर आदि राज्यकै माध्यमबाट पुर्याउने (नागरिकको आर्थिक हैसियत अनुसार निशुल्क ,सहुलियत र सशुल्क ) रोग प्रतिरोधात्मक क्षमता राम्रो पार्ने खानेकुरा र जडिबुटिहरु बितरण गर्ने (राज्यकै सहभागितामा नागरिकको आर्थिक हैसियत अनुसार )

भोकमरिबाट कसरि बचाउने खाद्य बैंक स्थापना गर्ने, महामारिको अवधिभर खाद्यन्नको सबै जिम्मा सरकारले लिने । खाद्यन्नको बितरण नागरिकको आर्थिक हैसियत अनुसार निशुल्क ,सहुलियत शुल्क र शसुल्क बितरण गर्ने बितरणका लागि प्रत्यक वडामा खाध्य गोदाम सन्चालन गर्ने, वडाबासिहरुलाइ गोदाम आउने समय बाडफाड गर्ने या परिवार पालो लगाउने जो “unit action team ” बाट गर्न सकिन्छ । एउटा परिवार एक हप्तामा एकपटक मात्रै गोदाम सम्म पुग्न पाउने नीति बनाउने (जिल्लामा भएका सबै ब्यापारिहरुका गोदामबाट सरकारले सहयोगमा,सहुलियत मुल्यमा र पुर्ण मुल्यमा खाद्यन्न खरिद गर्नुपर्छ र आवश्यक अरु जिल्ला बाहिरबाट सरकार आफैले ल्याउने प्रबन्ध मिलाउनु पर्छ ।

अन्य रोगबाट कसरी बाच्ने सबै स्वास्थ्यकर्मिलाइ PPE बाड्ने र निरन्तर सेवाका लागि निर्देशन गर्ने गाउँबाट अस्पताल सम्म पुग्न साधन र ppe प्राप्त जनशक्तिको ब्यबस्थापन गर्ने उपचारमा पनि निशुल्क र शसुल्क उपचार पाउनेहरुलाइ सोही अनुसार को ब्यबस्था गर्ने अलपत्र नागरिकलाइ के गर्ने ? अन्य जिल्ला र परदेश खासगरी भारतमा अलपत्र जिल्लाबाशिलाइ स्थानिय तहको स्पोन्सरसिपमा संघ सितको सहकार्यमा फर्काउने र क्वारेन्टाइनमा राख्ने । गाडी चालक र अन्य सहयोगिहरुलाइ PPE र उचित भत्ता दिने । ब्यबसायिहरुको सहकार्यमा गाडी निशुल्क ब्यबस्था गर्ने दिक्क लाग्दो दैनिकिबाट मुक्त हुन एक घर एक करेशावारिको नीति बनाइ करेशाबारी निर्माण गर्न लगाउने दिर्घकालमा तरकारी समस्याबाट मुक्त भैन्छ । “मेरो घर सफा घर, मेरो परिवार सभ्य परिवार” कार्यक्रम ल्यायर आगन ब्यबस्थापन र आफ्नो घरको निश्चित दुरि वरपर सफा राख्न निर्देशन र नियमन गर्ने (यस्तै सृजनशिल काममा ब्यस्त गराउने ) धराशायी अर्थतन्त्रबाट मुक्त हुन आफ्ना लागि आफै उत्पादन कार्यक्रममा जोड दिन सकिन्छ । एक परिवार एक उद्यम नीति बनाएर सबै परिवारहरुलाइ डोको, नाम्लो,मुढा, लगाएत अन्य बाख्रापालन, कुखुरापालनका लागि (खोर निर्माण) तयारी गराउने, फलफुल बगैचाका लागि तयारी गराउने( खाल्डा खन्ने आदि ) यस्तै उद्दमशिल कामको योजना दिएर अनिवार्य परिणाम खोज्ने ।

यो सबै गर्नका लागि पहिलो त इच्क्षा शक्ति चाहिन्छ ,अनि पैशा र जनशक्ती पनि अनिवार्य छ । हामी जनशक्तिका लागि वडा वडाबाट १०/१० जना स्वयंसेवकको आह्वान गर्न सक्छौं । नभए पार्टी कार्यकर्ता र नेताहरु परिचालित गर्न सक्छौ । सेना प्रहरी त छदैछ । अहिले घरमै बसिरहेका शिक्षक कर्मचारिहरुको उपयोग पनि गर्न सकिन्छ । निर्देशन नियमन र रिजल्टको रिपोर्टिङमा त्यही स्वंयमसेवी Unit Action Team खडा हुनेछ । #पैशका_लागि “Covid -19 बिरुद्द कोष” खडा गरौं चुनाब लड्नका लागि जनप्रतिनिधिले गरेको खर्चको केही % अनिवार्य गरौं

आ-आफ्ना स्थानिय तहका ठुला निर्माण परियोजनाबाट % मागौ, ब्यापारिहरुलाइ उसको ब्यापारको प्रकृति हेरेर आर्थिक योगदान अनिवार्य गरौं ।एकान्तबाँस बसेर तलब पकाइरहेका कर्मचारीहरुको आधा तलव योगदान मागौं। सांसद बिकास कोषको रकम परिचालन गरौं ।हजारौं नागरिकको सेवाका लागि नेताहरु चढ्ने गाडी बेचेर भए पनि श्रोत जुटाउँ ।

You can share this post!