एकै दिन १९ बढीले ज्यान गुमाए अमेरिकामा, कोरोना संक्रमितको संख्या विश्वमा १५ लाख बढी

एजेन्सी- अमेरिकामा तीव्र दरमा फैलिएको कोरोना भाइरसका कारण २४ घण्टाको अवधिमा ज्यान गुमाउनेको संख्या १९ सय २६ नजिक पुगेको छ । अमेरिककाको जोन हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार कोरोनाभाइरसको संक्रमणका कारण पछिल्लो २४ घण्टामा अमेरिकामा १८ सय ९७ को ज्यान गएको छ ।

त्यहाँ थप २९ हजार ९ सय ३६ नयाँ बिरामी फेला परेका छन् । संक्रमितको संख्या ४ लाख ३० हजार पुगेको छ । अमेरिकामा मृत्यु हुनेको संख्या १४ हजार ७ सय ३८ पुगेको छ । अमेरिका पछि स्पेनमा मृततको संख्या बढेको छ । स्पेनमा मृत्यु हुनेको संख्या १४ हजार ७ सय ९२ पुगेको छ भने विगत २४ घण्टामा ७ सय ४७ जनाले ज्यान गुमाएका छन् । त्यहाँ संक्रमितको संख्या १ लाख ४८ हजार भन्दा माथि छ ।

यसैगरी इटालीमा १ लाख ३९ हजार ४ सय २२ मा कोरोना संक्रमण पुष्टि भइसकेको छ । संक्रमणबाट मृत्यु हुनेको संख्या भने इटालीमा सर्वाधिक छ । यहाँ १७ हजार ६ सय ६९ ले ज्यान गुमाइसकेका छन् । २६ हजार ४ सय ९१ जना उपचारपछि निको भइसकेका छन् । फ्रान्समा पनि कोरोना संक्रमितको संख्या लाख नाघेको छ । त्यहाँ १ लाख १३ हजार ९ सय ५९ जनामा कोरोना संक्रमित भइसकेका छन् ।

त्यहाँ १० हजार ८ सय ६९ जनाले संक्रमणबाट ज्यान गुमाइसकेका छन् । यहाँ निको हुनेको संख्या पनि २१ हजार पुगेको छ । अर्को देश जर्मनीमा पनि संक्रमितको संख्या लाख नाघेको छ । यहाँ १ लाख १३ हजार २ सय ९६ जनालाई कोरोना संक्रमण पुष्टि भइसकेको छ । ४६ हजार ३ सय निको भएका छन् । विश्वभर कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८८ हजार ४ सय ५ पुगेको छ । बिहीबार बिहानसम्मको तथ्यांक अनुसार १५ लाख १३ हजार ३ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ लाख २९ हजार ७ सय ३१ जना उपचारपछि निको भएका छन् ।

You can share this post!