कोरोनाले मृत्यु भएमा शब के गर्ने ? यस्तो छ मन्त्रालयले बनाएकाे १९ बुँदे नियम

काठमाडौं । विश्वव्यापी संक्रमण भईरहेको कोरोना भाईरसले बुधबार साँझसम्ममा ८३ हजार बढीको ज्यान लिईसकेको छ ।

ठुलो मात्रामा संक्रमण र मृत्युका कारण कैंयन देशहरुमा अन्तिम संस्कार समेत अस्तव्यस्त बनिरहेको मात्रै छैन, अमेरिकाजस्तो अति सम्पन्न मुलुकको न्युर्योक शहरमा समेत शव राख्न स्थानको अभाव भएका खबरहरु बाहिरिईरहेका छन् ।

हाम्रो मुलुकमा कोरोना संक्रमणको विकराल अवस्था छैन । जम्मा ९ जनामा देखिएको संक्रमणमध्य १ जना पूर्ण निको भएर घर फर्किसकेका छन् भने बाँकी ८ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । तर मानिसहरुको शवबाट समेत संक्रमण हुने खतरालाई मध्यनजर गर्दै नेपाल सरकार स्वास्थ्य मन्त्रालयले कोरोनाबाट मृत्यु भएका शवको लागी १९ बुँदे कार्यविधि निर्माण गरेको छ ।

मृतकका आफन्तले १ मिठर टाढैबाट हेर्न पाउनेदेखि ६० वर्ष पुगेका र दिर्घरोगी आफन्तहरुलाई शव निजक जान नदिनेसम्मको व्यावस्था गरेको छ ।

बाँकी के छ त कार्यविधिमा हेर्नुहोस् स्वास्थ्य मन्त्रालयले तय गरेको १९ बँदे कार्यविधि –

(क) शव लिन जानु पूर्व शववाहनका चालक तथा कर्मचारीहरुले PPE को प्रयोग गर्नु पर्दछ।

(ख) मृतकको कुलधर्म अनुसार शवको सम्मान गर्दै निजका उपस्थित आफन्तहरु समेतलाई सुरक्षित राख्नु पर्दछ।

(ग) CovID-19 को कारण मृत्यु भएको शव जथाभावी सदगत गर्न हुँदैन।

(घ) शवलाई अस्पताल/घरबाट अन्तिम संस्कार गर्न लैजाने क्रममा अस्पतालका कर्मचारी, एम्बुलेन्सका कर्मचारी, सदगत गर्ने व्यक्तिहरु र सदगतमा सहभागी हुने मृतकका आफन्तजनले पञ्जा, चस्मा, टोपी, मास्क सहितको PPE प्रयोग गर्नुपर्दछ।

(ङ) शवलाई कम भन्दा कम चलाउनु पर्दछ।

(च) शवमा लागेका पाइपलगायतका सामाग्रीहरु हटाइ दिनुपर्दछ।

(छ) शवको कुनै भागबाट श्राव भइरहेको भए त्यस भागलाई होसियारीपूर्वक बन्द गर्नुपर्दछ।

(ज) शव अन्तिम संस्कार गर्ने स्थलतर्फ लैजान साधारण शववाहनको प्रयोग गर्न सकिनेछ।

(झ) शवलाई Disinfect गर्नु आवश्यक छैन।

(ज) शवलाई चाँडोभन्दा चाँडो अन्तिम संस्कार गर्ने स्थलमा पुर्‍याउनुपर्दछ।

(ट) शवको कुनै भागबाट श्राव भएमा बाहेक शव राख्न विशेष ब्यागको आवश्यकता पर्ने छैन।

(ठ) ६० वर्ष माथिका व्यक्तिहरु र दीर्घ रोगीहरुलाई शवको नजिक जानबाट रोक्नुपर्दछ।

(ड) सदगत गर्नु पूर्व आफ्नो कुल/परम्परा अनुसार शवलाई नछोइकन जल छर्कने, पाठ गर्ने तथा फुलमाला चढाउने जस्ता क्रियाकलापहरु गर्न सकिनेछ।

(ढ) मृतकका आफन्तले शव हेर्न चाहेमा शवलाई नछोइकन कम्तीमा एक मिटर टाढाबाट एक/एक जनालाई पालैपालो गरी हेर्न दिन सकिनेछ।

(ण) COVID-19 ले मृत्यु भएको व्यक्तिको सामान्यता पोस्टमार्टम गर्नु पर्दैन।

यदि गर्नु परेमा मतकको फोक्सो तथा अन्य अंगहरुमा जीवाणु जिउँदै हुन सक्ने हुनाले थप होसियारी अपनाउनु पर्दछ।

(त) यथेष्ट भेन्टिलेसनको व्यवस्था भएको कोठामा मात्र न्यून स्वास्थ्यकर्मीको उपस्थितिमा आवश्यक PPE प्रयोग गरेर पोष्टमार्टम गर्नु पर्दछ।

(थ) COVID-19 का कारण मृत्य भएका व्यक्तिको शव रहेको शव गृहमा उपयुक्त प्रकाश भेन्टिलेसन र सरसफाइको व्यवस्था गर्नु पर्दछ।

(द) पोस्टमार्टम सकिनेवित्तिकै प्रयोग गरेको सामाग्रीहरु Disinfect गर्नुपर्दछ।

(ध) Clinical Waste हरुको सावधानीपूर्वक Dispose गर्नुपर्दछ।

khabardabali

You can share this post!