धनगढीमा आरटीपीसीआर मेसिन जडान सुरु, परीक्षण भोलिबाट

२६ चैत, कैलाली । कोरोना भाइरस (कोभिड–१९) परीक्षणका लागि धनगढीमा अत्याधुनिक उपकरण जडान थालिएको छ ।नेपाली सेनाको स्काई ट्रकमार्फत धनगढी ल्याइएको आरटीपीसीआर मेसिन धनगढी ल्याइएकाे हाे । अहिले याे मेसिन जडान कार्य भइरहेको सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

बुधबार बिहान आरटीपीसीआर मेसिनसहित कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य उपकरण धनगढी पुगेको थियो ।उक्त उपकरणबाट दैनिक २५० भन्दा बढीको परीक्षण गर्न सकिने सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले बताए ।

पशुपन्छी  रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वर काठमाडौ‌ंमा रहेको आरटीपीसीआर मेसिन धनगढी ल्याइएको छ । मेसिन धनगढीस्थित भेटेरिनरी प्रयोगशालामा जडान गरिएको हो ।आजबाट थालिएको मेसिन जडान भोलि साँझसम्ममा सकिने छ । त्यसलगत्तै बिहीबार साँझबाट परीक्षण सुरु हुने सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले जानकारी दिए ।

onlinekhabar बाट

You can share this post!