कालिकोटको बदालकोटमा आगलागी

कालिकोट : कालिकोट खाँडाचक्र नगरपालिका वडा नं. ११ बदालकोटस्थित एक घरमा आगलागी भएको छ। मंगलबार साँझ आगलागी हुँदा आइते दर्जीको घर जलेर नष्ट भएको स्थानीय सुरेन्द्र शाहीले जानकारी दिए। उनका अनुसार आइते गाउँले मिलेर आगो नियन्त्रणमा लिए पनि घर जलेर पूर्णरुपमा नष्ट भएको छ। 

बाल बालिकाले खेलने क्रममा आगलागी भएको वडा सदस्य तिलबहादुर शाहीले बताए। आगलागीबाट अन्नपात, लत्ताकपडा जलेर खरानी भएको र परिवारको बिचल्ली भएको घरधनी आइते दर्जीले जानकारी दिए। शरीरमा लगाएको कपडा बाहेक केही बाँकी नरहेको दर्जीले गुनासो गरे। ‘मजदुरी गरी कमाएर ल्याएको चामल पनि बाँकी रहेन् परिवारको छाक कसरी टार्नु दर्जीले दुखेसो पोखे।

जिल्ला प्रहरी प्रमूख डिएसपी श्वामबाबु ओलीयाले बदालकोटमा आगलागी भएको जानकारी पाइसकेको र वडाले सिफारिस दिएपछि प्रहरीलाई घटनास्थल पठाएर मुचुल्का बनाइने बताए। वडा अध्यक्ष पुष्प गिरीले आगलागीबाट पीडित परिवारलाई राहतका लागि पहल गर्ने बताएका छन्।

annapurnapost.com बाट

You can share this post!