कैलाली र कञ्चनपुरमा आजदेखि कोरोनाको र्‍यापिड टेष्ट सुरु

धनगढी – कैलाली र कञ्चनपुरमा कोराना भाईरस कोभिड–१९ को र्यापिड टेष्ट अर्थात द्रुत जाँच आजदेखि सुरु हुँदैछ। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार अहिले धनगढीमा प्राविधिक टोलीसंग छलफल भईरहेको जनाएको छ। निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले प्राविधिक टोलीसंग छलफल भईरहेको बताउँदै आजदैखि र्यापिड टेष्ट सुरु गर्ने तयारी रहेको बताए।
र्यापिड टेष्टका लागि तालिम प्राप्त ६ सदस्यीय प्राविधिकको टोली सोमवार धनगढी पुगेको थियो। सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले ६ जना प्राविधिकको टोली धनगढी पुगिसकेको बताउँदै आजैदेखि टेष्ट सुरु हुने सम्भावना बढि रहेको बताए। मन्त्रिपरिषद्को शनिबार बसेको बैठकले र्यापिड डायग्नोस्टिक टेष्ट आरडीटी० प्रविधिबाट कोरोनाको परीक्षण गर्ने तथा पोजेटिभ देखिएकाहरुलाई पीसीआर प्रविधिबाट परीक्षण गरेर यकिन गर्ने निर्णय गरेको थियो।
सुरुमा कैलालीमा दुबईबाट आएका ३१ वर्षीय युवकमा कोरोना भाईरस पोजेटिभ देखिएको थियो। पछिल्लो पटक युवककी भाउजुमा पनि कोरोना पोजेटिभ देखिएको छ। छिमेकी भारतबाट फर्किएका कैलाली र कञ्चनपुरका थप दुई पुरुषमा पनि कोरोना भाईरसको संक्रमण पुष्टि भएपछि सुदूरपश्चिमलाई डेन्जर जोनमा राखिएको छ। र्यापीड टेष्ट क्वारेन्टाईनमा राखिएका सबैको गरिने दावी गरिएको छ।

दिनेश खबर बाट साभार

You can share this post!