कांग्रेसद्धारा काेराेना स्वपरीक्षण एप सञ्चालन

काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोनाबारे जानकारी दिने वेब एप सञ्चालनमा ल्याएको छ।कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले कोभिड -१९ स्व-परीक्षण एप’ सोमवारदेखि सञ्चालनमा ल्याएको हो।

विभागको संयोजकसमेत रहेका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार उक्त एपमा कोरोनाबारे अत्यावश्यक जानकारीका साथै विश्व र नेपालको ताजा अपडेट पनि राखिने छ।पार्टीको वेभ साइटमार्फत जारी एपमा जो सुकैले कोरोना भाइरस संक्रमणको लक्षण आफूमा रहे र नरहेको परीक्षण गर्न सक्नेछन्।एपले कसैमा कोरोना संकेत देखिए भौतिक परीक्षण र उपचारका लागि प्रेरित गर्ने सघाउने कांग्रेसले जनाएको छ।

प्रवक्ता शर्माले जारी गरेको विज्ञप्तिमा एपको उद्देश्यबारे भनिएको छ, ‘भौतिक रुपले परीक्षणको दायरा व्यापक हुन नसकेको अहिलेको परिस्थितिमा मनोवैज्ञानिक रुपले ठूलो पंक्तिलाई स्व–परिक्षणमा सघाउने र सतर्कताका लागि जागरुक गराउने, संक्रमणको लक्षण देखिएका नागरिकको पहिचान गर्न बल पुर्‍याउंदै व्यक्ति, समुदाय र सरकारलाई सघाउने।’काँग्रेसले जारी गरेको एपमा विशेषज्ञ टोलीसमेत राखिएको छ। उनीहरुबाट चिकित्सकीय परामर्शसमेत लिन सकिने पार्टीले जनाएको छ।

स्वपरीक्षणकाे लागि तलकाे लिकमा जानसक्नु हुनेछ

https://www.nepalicongress.org/covid19/

You can share this post!