हिजोमात्रै पदबाट राजीनामा दिएका खतिवडा आज अर्थ मन्त्रीमा नियुक्त

काठमाडौं – हिजोमात्रै पदबाट राजीनामा दिएका डा. युवराज खतिवडालाई आज राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ र सूचना, प्रविधि तथा सञ्चार मन्त्री नियुक्त गरेकी छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले खतिवडालाई मन्त्री नियुक्त गरेकी हुन्। खतिवडाको शपथ कार्यक्रम दिउँसो चार बजे शीतल निवासमा राखिएको स्रोतले जनाएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजिनामा दिएपछि सो मन्त्रालयको जिम्मेवारी पनि अर्थ मन्त्री रहेका खतिवडाले नै सम्हालेका थिए।

Source: nagariknews.com

You can share this post!