बरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन

काठमाडौं ,२२माघ । बरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन भएको छ । केही दिनदेखि अस्वस्थ्य रहेका शर्माको बुधबार निधन भएको हो । शर्मा नेपाल टेलिभिजनमा स्थापनाकाल देखि नै कार्यरत थिए । इलामको सूर्योदय नगरपालिका, फिक्कलमा जन्मिएका शर्मा नेपाल टेलिभिजनको महाप्रबन्धक समेत भएका थिए ।

त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा मुटु सम्बन्धी उपचारका क्रममा निधन भएको हो । उनका एक श्रीमती र दुई छोरा छन् ।

You can share this post!