तोलामा ८ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला ७६ हजार रुपैयाँमा कारोबार भएको सुन बुधबार प्रतितोला ७५ हजार २ सय रुपैयाँमा बिक्री भइरहेको छ ।

त्यस्तै मंगलबार अर्थात साताको तेस्रो दिन प्रतितोला ७५ हजार ७ सय रुपैयाँ कारोबार भएको तेजावी बुधबार ७४ हजार ९ सय रुपैयाँ कारोबार भइरहेको छ ।

भने चाँदी मंगलबारको तुलनामा प्रतितोला ५ रुपैयाँ घटेर ८ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ ।

You can share this post!