बनभोज कार्यक्रम सम्पन्न!

२०७६।१०।१८ गते, बनभोजको सिजनमा काठमाडौमा रहेका बिभिन्न संघ संस्थाहरुले संयुक्त रुपमा बनभोज कार्यक्रम एउटै थलो (काभ्रेको धुलीखेल) मा गरि भब्य रुपमा सम्पन्न गरेका छन।

संयुक्त रुपमा बनभोज कार्यक्रम सम्पन्न गर्नेहरुमा, बुद्दनगर काठमाडौ स्थित लायन्स क्लब अफ काठमाडौ लर्ड बुद्द्, बागबजार काठमाडौ स्थित काईट कन्सलटेन्सी (शैक्षीक परामर्श प्रदान गर्ने कम्पनी), काईट मिडिया ग्रुप (बिज्ञापन एजेन्सी तथा अनलाईन मिडिया कम्पनि), ब्लु वाटर एजुकेशनल कन्सलटेन्सी (शैक्षीक परामर्श प्रदान गर्ने कम्पनी), सम्पुर्ण एशोसियट्श प्रा.ली. (नोटरी अनुबाद तथा कानूनी परामर्श प्रदान गर्ने कम्पनी), पुतलीसडकस्थित हार्बोर एजुकेशनल कन्सलटेन्सी (शैक्षीक परामर्श प्रदान गर्ने कम्पनी) र सोर्हखुट्टे काठमाडौस्थित पास कुरान एजुकेशनल कन्सलटेन्सी शैक्षीक परामर्श प्रदान गर्ने कम्पनी) रहेका छन।

smart
smart

समाजसेवी तथा लायन्स क्लब अफ काठमाडौ लर्ड बुद्दका निबर्तमान अध्यक्ष श्री बिष्णु भण्डारीले यस्ता कार्यक्रमले गर्दा दैनिक कामकाजले हुने ब्यस्ततामा पुनर्ताजगी ल्याउने तथा काईट कन्सलटेन्सी प्रा. ली. र काईट मिडिया ग्रुप प्रा.ली. का अध्यक्ष हेम राज साउदले पनि यस प्रकारका कार्यक्रमको आबश्यकता बारेमा बताउनुभएको थियो।

कार्यक्रममा म्यूजिकल चियर लगायत बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम गरी सम्पन्न भएको थियो। कार्यक्रमका केही तस्बिरहरु

You can share this post!