कुन्दनराज काफलेको उदघोष : अतिक्रमित भूमी फिर्ता नगरे सयुक्त राष्ट्र संघमा जान्छौ

काठमाडौँ : नेपाल बिधार्थी सघद्वारा सचालित चिनौ सिमाना , जोगाऔ माटो अभियान अन्तर्गत ” कोरौ नेपालको बास्तबिक नक्शा कार्यक्रम अतरियामा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथी नेपाल बिधार्थी सङ्घका पुर्ब महामन्त्री कुन्दनराज काफलेले काठमाडौंको बसन्तपुरबाट सुरु भएको अभियान सात ओटै प्रदेशका बिधार्थीले कोरेको नेपालको बास्तबिक नक्सा राष्ट्रपतिलाई बुझाउने र नेपालको भुमी भारतले फिर्ता नगरे सयुक्त राष्ट्र सङ्घमा पुर्‍याउने बताए । नेपालमा विभिन्न पटक गरेको जनगणना, सर्बेक्षणले पनि लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको हो त्यसैले यो मिचिएको भुमी फिर्ता नहुदा सम्म यो अभियान निरन्तर रहने र भारतको बिस्तारबाद र दादागिरिका बिरुद्ध निरन्तर अभियान सचालन गरि रहने काफ्लेले उदघोष गरे । उक्त कार्यक्रमका बिशिस्ट अथिति नेपाल बिद्यार्थी सघका पुर्ब केन्द्रीय सदस्य तथा नेपाली कांग्रेस कैलालीका नेता नुप बहादुर सुनारले भारतले कैलाली कंचनपुरमा दिनदिनै सिमा अतिक्रमण गरिरहेकोले भारतलाई समयमा सिमा मिच्ने कार्य तत्काल रोक्न र भारतको नक्सामा राखिएको भुमी तत्काल फिर्ता गर्न आग्रह गरे । उक्त कार्यक्रममा नेबि सघका क्षेत्रीय सभापती गणेश शाह ,पदम ओझा दुर्गा कापडी दिपक ओझा ले आफनो मन्तब्य राखेका थिए । उक्त कार्यक्रम अतरिया चोकमा बिभिन्न स्थानबाट आएका बिद्यार्थीहरुले ‘मिचिएको सिमाना फिर्ता गर’ ,’भारतिया बिस्तारबाद मुर्दाबाद’, ‘बीर शहिद अ्मर रहुन ‘! लगायतका नारा लगाई सो र्याली कोणसभामा परिणत भएको थियो । उक्त कार्यक्रममा सहभागी बिद्यार्थीलाई नेपालको बास्तबिक नक्सा कोर्न लागाई सो नक्सासमेत सार्बजनिक गरिएको थियो ।

You can share this post!