धितोपत्र बोर्डको अध्यक्षमा भिष्मराज ढुंगाना

२०७६ पौष २१ गते सोमबार बसेको मन्त्रीपरिषदको बैठकले भिष्मराज ढुंगानालाई धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यस भन्दा पहिलो बोर्डमा विज्ञ सदस्यको रुपमा संचालक समिति सदस्य पदमा कार्यरत ढुंगानासँग नेपाल राष्ट्र बैंकमा तीन दशक लामो कार्यअनुभव रहेको छ । ढुंगानालाई बोर्डको विज्ञ सदस्यका रुपमा केही महिनाअघि मात्रै अर्थमन्त्री डा. युवराज खतिवडाले मनोनयन गरेका थिए । 

अध्यक्ष पदका लागि अर्थ मन्त्रालयले मंसिर ६ गते सार्वजनिक सूचना निष्काशन गरेको थियो। उक्त पदको लागि ८ जनाको आवेदन परेको थियो। अर्थमन्त्रालयले कात्तिक २० गते राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुँयालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो।

बोर्ड अध्यक्ष छनौटका लागि गठन भएको सिफारिस समितिले ढुंगाना, नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरी र डा केशब श्रेष्ठको नाम सिफारिस गरेको थियो । धितोपत्र बोर्डको अध्यक्ष डा रेवतबहादुर कार्कीको कार्यकाल सकिएपछि गत कात्तिकदेखि उक्त पद खाली थियो ।

अध्यक्ष छनौटको अन्तिम प्रकृयामा गठित समितिले तीन जना मध्ये ढुंगानालाई छनोट गरी सिफfरिस गरेको हो ।

माेरङ जिल्लामा २०१९ साल माघ १० गते जन्मिएका ढुंगाना २०४२ सालदेखि २०४६ सालसम्म राष्ट्रिय वाणिज्य बैंकमा काम गरेका थिए ।२०४६ सालमा राष्ट्र बैंकमा जागिर शुरू गरेका थिए ।

त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा एमए र बेलायतबाट विजनेश फाइनान्समा एमबीए गरेका ढुंगाना धितोपत्र बोर्डको विज्ञ सञ्चालक थिए । सम्बन्धित बिषयमा बिज्ञता तथा अनुभब हासिल गरेका नबनियुक्त अध्यक्षज्यूलाई हाम्रो तर्फबाट सफल कार्यकालको शुभकामना!

You can share this post!