हालसम्मकै उच्च मूल्यमा सुन, प्रतितोला ७५ हजार ५ सयमा कारोबार

काठमाडौं । साताको पहिलो दिन सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज आइतबार सुन प्रति तोला ७५ हजार ५ सय रुपैयामा कारोबार भएको छ ।

गत शुक्रबार प्रतितोला ७४ हजार ५ सयमा कारोबार भएको सुन प्रतितोला १ हजारमा रुपैयाँ बढेर आज नयाँ मूल्य कायम भएको हो ।

त्यस्तै तेजावी सुन प्रतितोला ७५ हजार २ सय रुपैयाँका कारोबार भएको छ । गत शुक्रबार प्रतितोला ७४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

साताको पहिलो दिन चाँदी भने गत शुक्रबार कै मूल्यमा अर्थात् प्रतितोला ९ सय रुपैयाँमा कारोबार भएको छ ।

You can share this post!