मौसमविद भन्छन्- आज पानी पर्छ, घाम लाग्ने सम्भावना छैन

१८ पुस, काठमाडौं । आज देशभर मौसम बदली भइ केही स्थानमा वर्षा र हिमपात हुने मौसमविदले बताएका छन् । अहिले काठमाडौं उपत्यकासहित देशभरको आकास बादलले ढाकेको छ । त्यसैले आज घाम लाग्ने सम्भावना कम छ ।

मौसमविद प्रतिभा मानन्धरले भनिन्, ‘काठमाडौं उपत्यकासहित देशभर नै अहिले बदलीको अवस्था छ । आज पानी पर्छ, घाम लाग्ने सम्भावना छैन ।’

शुक्रबार रातिसम्मै उच्च पहाडी तथा हिमाली भागमा मध्यमदेखि भारी हिमपात र पहाडी तथा तराईका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

यस्तो अवस्था शनिबार र आइतबार पनि जारी रहने छ । यद्यपि शनिबारबाट भने मौसममा क्रमिक सुधार हुने मौसमविद मानन्धरले बताइन् ।

बिहीबार दिउँसो काठमाडौं उपत्यकामा सामान्य वर्षासमेत भएको थियो । वर्षासँगै चिसो बढेको महसुस भएको छ । चिसो अझै बढ्ने भएकाले सतकर्तता अपनाउन मौसमविदले सुझाव दिएका छन् ।

१२ पुसमा काठमाडौंको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम ०.६ डिग्री सेल्सियस मापन गरिएको थियो ।

अनलाइनखबरबाट


You can share this post!