विधान मिचेको छैन : देउवा

विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विधानलाई आफूले नमिचेको बताएका छन् ।विराटनगर विमानस्थलमा बुधबार पत्रकारसँग कुरा गर्दै उनले पार्टीलाई बलियो एवं सुदृढ बनाउने विधानलाई आफूले नमिचेको सुनाउदै भने,’ मैले  पार्टीको विधान मिचेको छैन । पार्टीलाई सहमतिको आधारमा सञ्चालन गर्न खोजेको हुँ।’सभापति देउवाले सरकारका प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सभामुख र उपसभामुख पाउनुपर्ने माग गर्दै बहुचर्चित एमसिसीलाई सरकारले पास गर्नुपर्ने धारणा व्यक्त गरे । उनले पार्टीको हरेक क्रियाकलापमा सहमति खोज्दै अगाडि बढिरहेको जानकारी दिँदै लामो समयदेखि नेतृत्वविहीन नेपाल विद्यार्थी सङ्घमा छिट्टै नेतृत्व ल्याउने धारणा व्यक्त गरे।

You can share this post!