फेरी सर्‍यो कांग्रेस बैठक, अब पुष ११ मा बस्ने

काठमाडौं । बुधबारसम्मका लागि स्थगन गरिएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पुन सरेर पुस ११ गते पुगेको छ । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच सहमतिका लागि प्रयास जारी रहेकाले बुधबारको बैठक स्थगन गरिएको हो ।

 पछिल्लो समय पार्टीको १४औँ महाधिवेशनको मिति तोक्ने बहसले केन्द्रीय समिति बैठक प्रभावित हुँदै आएको छ । विभाग गठन, भ्रातृ संस्थाको नेतृत्व, क्रियाशील सदस्यताको नामावली प्रकाशनलगायतका विषयमा सहमति हुन नसकेपछि पुस १० गतेका लागि बोलाइएको बैठक पुस ११ गतेसम्मका लागि तय गरिएको हो ।

मंसिर २६ देखि बोलाइएको बैठकमा औपचारिक प्रस्तावमा छलफल हुन नसकेपछि विभिन्न समयमा बोलाइएको बैठक स्थगित हुँदै आएको छ ।  २६ गतेको केन्द्रीय समिति बैठकमा बरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण प्रसाद सिटौलाले समुहले बैठक बहिस्कार गरेपछि बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पुन बस्न सकेको छैन ।

देउवाले केन्द्रीय कार्यसमितिको कार्यकाल कम्तिमा एक बर्ष बढाउने प्रस्ताव गर्दै तत्काल माधिवेशन नगर्ने तयारी गरेसँगै पोडेल र सिटौलाले बैठक बहिस्कार गरेका थिए । बैठक बहिस्कार गरे लगत्तै पौडेलले आफ्नै कार्यकक्षमा केन्द्रीय समितिका आफू निकट सदस्यहरुसँग छलफल गरेका थिए। कार्यसमितिमा बहुमत भएको नाममा वैठकमा निर्णय लाद्ने हो भने जे सुकै गर्नुहोस भनेर पौडेल हिडे ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठक पुस ११ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने जानकारी दिए।

You can share this post!