पुस लागे यता सुनको मूल्य स्थिर, तोलाको ७१ हजार ६ सयमा कारोबार, चाँदीमा भने थोरै बढ्यो

काठमाडौँ। पुस लागे यता सुनको मूल्य स्थिर रहेको छ । आइतबार  चाँदीको मूल्य भने  तोलामा पाँच रूपैंयाँले बढेको छ । पुस लागे यता चाँदीको मूल्य समेत खासै घटबढ देखिएको थिएन। 

आइतबार नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति तोला सुनको मूल्य ७१ हजार ६ सय रूपैयाँ नै कायम गरेको जनाएको छ । यस अघि गत पुस १ मा सुनको मूल्य ७१ हजार ५ सय रूपैंयाँ कायम भएको थियो ।

पुस २ गते एक सय रूपैंयाँले बढेर ७१ हजार ६ सय रुपैयाँमा उक्लिएको सुनको भाउ त्यस यता परिवर्तन भएको छैन । चाँदीको मूल्यसमेत १ गतेदेखि नै स्थिर रहेको थियो । आइतबार भने चाँदीको मूल्यमा पाँच रूपैंयाँले वृद्धि भएको हो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा खासै परिवर्तन नभएकोले स्थानीय बजारमा मूल्य घटबढ नभएको महासंघको भनाइ छ । अन्तर्राष्ट्रिय बजारमा तय हुने मूल्यको आधारमा महासंघले सुनको मूल्य तोक्ने प्रावधान छ ।

सोही प्रावधानअनुसार महासंघले मूल्यमा परिवर्तन नगरेको हो । आइतबार अन्तर्राष्ट्रिय बजारमा प्रति औंस सुनको मूल्य १४ सय ८२ डलर पाँच सेन्ट कायम रहेको छ ।

एक साताअघि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य १४८२ डलर नै कायम रहेको थियो । अन्तर्राष्ट्रिय बजारमा थोरै मूल्य घटबढ भएकै कारण स्थानीय बजारमा मूल्य परिवर्तन नभएको हो ।  

Source: bizmandu.com

You can share this post!