लोकदोहोरी प्रतिष्ठानमा रमेश बिजी

काठमाडौं – राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा रमेश बिजी निर्वाचित भएका छन्। आइतबार पोखरामा आयोजित लोक तथा दोहोरी गीत प्रतिष्ठानको निर्वाचनमा प्रतिस्पर्धी विष्णु खत्रीलाई ३९ मतले पछि पार्दै उनी अध्यक्षमा निर्वाचित भएका थिए।

गत मंसिर ६ देखि ८ सम्म आयोजना भएको सातौं महाधिवेशनपछि सुरु भएको मतदानमा उनले ५८४ मत पाउँदा प्रतिस्पर्धी खत्रीले ५४५ मत ल्याएका थिए। कोषाध्यक्षमा राजु ढकालले ७३७ मत ल्याएर विजयी भए भने तारापति सुवेदीले ३७२ मत प्राप्त गरे।

सहकोषाध्यक्षमा ईश्वरीप्रसाद भुसाल, प्रशासनिक सचिवमा कृष्ण रेउले, सचिवमा जीवन दाहाल, रमेशराज भट्टराई, कुलेन्द्र विश्वकर्मा, हरि डाँगी, प्रचण्ड जिसी, वसन्त थापा र पुष्कल शर्मा विजयी भएका थिए। वरिष्ठ उपाध्यक्षमा रीता थापामगर, प्रथम उपाध्यक्षमा पशुपति शर्मा, द्धितीय उपाध्यक्षमा रामजी खाँड, महिला उपाध्यक्षमा राधिका हमाल, महासचिवमा सुवास केसी, उपमहासचिवमा शंकर बिसी र शिव हमाल, सांगठनिक सचिवमा खुमन अधिकारी, महिला सचिवमा जमुना राना मगर र सह–कोषाध्यक्ष महिलातर्फ पूर्णकला बिसी निर्विरोध चयन भएका थिए।

केन्द्रीय सदस्य महिलातर्फ सम्झना लामिछाने मगर, जानकी तरामी मगर, अञ्जली अधिकारी, जुना श्रीष मगर, अमृता लुंगेली मगर, सरला पाण्डे र सीता राना निर्वाचित भएको महाधिवेशन आयोजक समितिका सह–संयोजक सुरेन्द्र गुरुङले जानकारी दिएका थिए।

खुला केन्द्रीय सदस्यमा देवी घर्ती, पिएन सापकोटा, प्रकाश सपुत, पुरुषोत्तम भण्डारी, प्रकाश भट्ट, याम क्षेत्री, विमल अधिकारी, महेन्द्र गौतम, दीपक गरौजा मगर, सागर गुरुङ, विक्रम थापा र युवराज मगर निर्वाचित भए। केन्द्रीय सदस्यमा गण्डकीतर्फ तारानाथ आचार्य तथा सुदूरपश्चिमतर्फ नवीन धामी विजयी भए। केन्द्रीय सदस्य विदेश शाखामा रामकृष्ण बम मल्ल र दुर्गा पंगेनी विजयी भए।

Source: nagariknews.com

You can share this post!