नेपाल-चीनबीच १७ वटा सम्झौता र समझदारी पत्रमा हस्ताक्षर

नेपाल र चीनबीच १७ वटा सम्झौता र समझदारी पत्रमा हस्ताक्षर भएको छ।

नेपालको राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आइतबार होटल सोल्टीमा विभिन्न क्षेत्रमा सहकार्य गर्ने सम्झौता र समझदारी पत्रमा आदानप्रदान गरिएको हो।

परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र चिनियाँ समकक्षी वाङ यी लगायत उच्च अधिकारीले समझदारी पत्र साटासाट गरेका छन्। 

समझदारी पत्रमा केरूङ -काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन, टोखा-छहरे बेत्रावती- स्याप्रुवेंशी सुरूङ मार्ग निर्माणदेखि काठमाडौं र बुटवल नगरसँग चीनका नाक्सी र सियान नगरहरूबीच भगिनी सम्बन्ध कायम राख्नेसम्मका विषय समावेश छन्। setopati.com

You can share this post!