कांग्रेसमा हिन्दु राष्ट्रको मुद्दा पेचिलो बन्दै

काठमाडौँ , २२ भदौ : कांग्रेसले महाधिवेशन प्रतिनिधिहरुका लागि आयोजना गरेको प्रशिक्षण कार्यक्रममा समेत हिन्दु राष्ट्रको मुद्दा उठेको छ । पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले शुक्रबार र शनिबार भक्तपुरमा आयोजना गरेको प्रशिक्षणमा सहभागी प्रतिनिधिहरुले हिन्दु राष्ट्रको मुद्दा पार्टीले उठाउन दबाव दिएपछि प्रतिष्ठानका संयोजक समेत रहेका उपसभापति विमलेन्द्र निधिले प्रतिवाद गरेका थिए ।  उनले हिन्दु राष्ट्रको पक्षमा लागेर संविधानलाई असफल बनाउने बाटोमा जान नहुने भन्दै प्रतिवाद गर्नथालेपछि हिन्दु राष्ट्रको पक्षमा रहेका केही सहभागीहरुले हल्ला गरेका थिए । हल्लाले करिब १५ मिनेट प्रशिक्षण कार्यक्रम नै प्रभावित बनेको थियो ।उनीहरुले विदेशीहरुको आर्थिक र राजनीतिक चलखेलका आधारमा संविधानमा धर्म निरपेक्षता राखिएको बताउँदै पार्टीले त्यसको विरोध गर्नुपर्ने बताएका थिए ।
काठमाडौका कोषाध्यक्ष समेत रहेका सहभागी गोविन्द पुडासैनीका अनुसार करिब एक दर्जन सहभागीहरुले हिन्दु राष्ट्रको मुद्दा उठाएका थिए ।
प्रदेश सांसद नरोत्तम बैद्य, लोकश ढकाल, कृष्ण अमात्यसहितका सहभागिहरुको अगुवाईमा हिन्दु राष्ट्रको मुद्दालाई उठाइएको थियो । साभार

You can share this post!