कांग्रेसको संघीय र प्रदेश क्षेत्रीय समिति तिब्र रुपमा गठन हुदै

काठमाडौं, २२ भदौ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशभरका १ सय ६५ संघीय निर्वाचन क्षेत्र र ३ सय ३० प्रदेशस्तरीय निर्वाचन क्षेत्रमध्ये सहमतिबाटै ७२ अधिकांस जिल्लाका समितिहरूमा नेतृत्व दिएको छ । कांग्रेसले २० भदौभित्रै सबै संघीय निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रमा समिति समायोजन गरिसक्ने गरी केन्द्रीय समितिबाट निर्देशिका बनाएको थियो सोहीअनुसार कांग्रेसले निर्देशिकालाई नै टेकेर शनिबार साँझसम्म ७२ जिल्लाका संघीय निर्वाचन क्षेत्रीय समिति तथा प्रदेशस्तरीय निर्वाचन क्षेत्रीय समितिहरूलाई पूर्णता दिएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।‘हालसम्म ७२ जिल्लामा संघीय तथा प्रदेशस्तरीय निर्वाचन समिति गठन भएको जानकारी आएको छ, बाँकी जिल्लामा समेत आजभोलिमा नै सकिन्छ । सबै जिल्लामा सहमतिबाटै संरचना बनेका छन् ‘पार्टीले बनाएको निर्देशिकाको कमा तथा फुलिस्टप पनि परिवर्तन नगरी धमाधम सहमति भइरहेको छ । प्रायःजसो १३औं महाधिवेशनका सांगठनिक संरचना मार्फत नै नेतृत्व दिइएको छ,’ मुख्य सचिव पौडेलले थपे ।कांग्रेसले २४ भदौबाट पार्टीको दोस्रो चरणको जागरण अभियान सुरु गर्ने भन्दै अभियानलाई समेत प्रभावकारी बनाउन सबै संघीय तथा प्रदेश निर्वाचन क्षेत्रीय समितिहरू बनाइसक्ने लक्ष्य लिएको थियो । यस्तै, प्रदेश संरचनाबाहेकमा भने कांग्रेसले कात्तिकभित्र संरचना गठन गरिसक्ने लक्ष्य लिएको छ । तर, प्रदेश संरचनाका विषयमा भने शीर्ष तहमा कसरी संरचना बनाउने भन्ने सहमति हुन सकेको छैन ।

You can share this post!