टी–ट्वान्टी विश्वकप छनोट खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं । पारस खड्काको कप्तानीमा सिंगापुरमा आयोजना हुने आईसीसी टी–ट्वान्टी विश्वकप एसिया फाइनलका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ  ।

आइतबार पत्रकार सम्मेलन गरेर प्रशिक्षक उमेश पटवालले विश्वकप छनोट खेल्ने नेपाली टोलीको घोषणा गरेका हुन् । बन्द प्रशिक्षणमा रहेका २५ खेलाडीबाट १४ जना छानिएका छन् । 

सन् २०२० मा अष्ट्रेलियामा आयोजना हुने विश्वकपको छनोटको रुपमा रहेको फाइनल खेल जुलाई २२ देखि २८ सम्म सिंगापुरमा आयोजना हुनेछ ।

एसिया छनोटमा नेपालसहित आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेत रहेका छन् । नेपाल पहिलो खेल कतारसँग खेल्नेछ । नेपाल र कतारबीचको खेल २३ जुलाईमा हुनेछ ।

नेपाली टोली

नेपालटिम पारस खड्का (कप्तान), अभिनास बोहरा, बसन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी,ललितनारायण राजवंशी, पवन सर्राफ, प्रदीप ऐरी, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शरद भेषावकर, सोमपाल कामी।

You can share this post!