साइप्रसमा सिरियल किलरको निशानामा नेपाली युवती पनि

निकोसिया । साइप्रसमा हत्या गरिएका ५ महिला र २ बालिकासहित ७ जनाको सिरियल किलरबाट गरिएको हत्यामा एक जना नेपाली पनि परेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । कतिपय सञ्चार माध्यममा भारतीय वा नेपाली युवती हुन सक्ने जनाएपनि केही सञ्चार माध्यमले भने नेपाली कन्सुलेटमा उनका साथीहरुले जानकारी गराएको भनिएकोले उनी नेपाली नै हुने सम्भावना बलियो देखिएको छ ।

साइप्रसको राजधानी निकोसिया आसपासको विभिन्न ठाउँ र एउटा विषालु ताल रेड लेकमा आफूले मारेका महिलाहरुलाई फालेको पक्राउ परेको सिरियल किलरले स्वीकार गरेको छ ।  

मारिएकी भनिएकी नेपाली महिलाको नाम अस्मिता खड्का विष्ट भएको समाचारमा जनाइएको छ । उनी सन् २०१८ को गृष्मकालमा साइप्रसमा हराएकी थिइन् । मारिएका सबै विदेशी नागरिक भएको बताइएको छ । हत्या स्वीकार गर्ने व्यक्ति साइप्रिट नेसनल गार्डको अधिकृत हो । उसले ७ जनालाई मारेको स्वीकार गरेको छ । 

मारिने मध्येका केहीलाई उसले इन्टरनेट डेटिङ साइटमा भेटेको स्वीकार गरेको छ ।  त्यो साइटमा उसको नाम ओरेस्टेज छ । उसले सात जना मारेको भनेपनि संख्या बढ्न सक्ने सुरक्षाकर्मीको अनुमान छ ।  यो खालको घटना  १ करोड २० लाख जनसंख्या भएको साइप्रसमा विगतमा कहिल्यैपनि नसुनिएको स्थानीय संचार माध्यमले जनाएका छन् । अनुसन्धानमा सहयोगको लागि स्कटल्याण्डको एउटा टोली पनि साइप्रस पुगेको छ । 

पहिलोलाई डेटिङ साइटमा र दोस्रोलाई पनि त्यसैमा उसले सम्पर्क गरेको बताइएको छ । तेस्रो महिलाको शव निकोसियाको पश्चिम ओराउन्डामा फेला परेको हो । साइप्रस न्यूज एजेन्सीका अनुसार सो शव नेपाली महिलाको हो । अहिले प्रहरीले निकोसियाबाट १७ माइल टाढाको रेड लेकमा ध्यान केन्द्र्रीत गरेको छ । दुई जना महिला र एक बालिकालाई सो तालमा राखेको अभियुक्तले स्वीकार गरेको थियो । त्यहाँ फालिएकामा रोमानियाका ३६ वर्षिया लिभिया फ्लोरेन्टिना बुनिया, उनकी ८ वर्षीया छोरी इलेनिया तथा ३१ वर्षीया फिलिपिन्सकी महिला मरिकार भाल्देज अर्कुलिया भएको जनाइएको छ ।

साइप्रस टाइम्सले जनाएअनुसार अनुसन्धान टोलीले अहिले ४० वर्षीय भियतनामी महिला डाम थि होपको बारेमा अनुसन्धान गरिरहेको जनाइएको छ ।  उनको जनवरी २०१९मा टिम्बु (इर्का) विमानस्थलमा शव भेटिएको थियो । 
रेड लेकमा सुटकेशमा उसले तीन जनाको शव फालेको जनाएको थियो । 

तीन मध्ये ३५ वर्षिय निकोज मेटाक्सजको सुटकेशमा् राखिएको शव गएको आइतबार फेला परेका थियो । त्यो सुटकेशमा प्रौढ महिलाको पूर्ण रुपमा लुगा लगाइएको अवस्थामा शव पाइएको थियो । पहिलाका तीन महिलाको शरीर नांगो अवस्थामा भएको बताइएको छ ।  

तालमा सुटकेशमा पाइएको शवको पोस्टमार्टम गर्दा महिलाको परिचय र उनको मृत्युको कारण भने नखुलेको बताइएको छ । अहिले अधिकारीहरु उनको डीएनए र हिस्टोपाथोलोजिकल परीक्षण गर्ने काममा जुटेको बताइएको छ । उनी रोमानियाको ३६ वर्षीय नागरिक लिभिया फ्लोरेन्टीना बुनियाँ हुन सक्ने अनुमान छ  । 

उनी आफ्नी ८ वर्षीया छोरीसँगै  ३० सेप्टेम्बर २०१६मा हराएकी थिइन् ।  फिलिपिन्सकी ३० वर्षीया मरिकार भाल्डेज अर्कुइला पनि डिसेम्बर २०१७ देखि बेपत्ता थिइन् । मंगलबार पाएको शरीर चौथो थियो । अभियुक्तको वास्तविक नाम भने मेटा क्साज भएको बताइएको छ । 

मारिएकी भनिएकी अर्की बालिकाको उमेर ६ वर्षको भएको जनाइएको छ । नेपाली भनिएकी महिला अस्मिताको अनलाइन नाम भने काता अनोउ भएको बताइएको छ ।  मृत्यु भएका सबैजना घरेलु कामदार भएको हुन सक्ने बीबीसीले जनाएको छ ।

उनी त्यो व्यक्तिसँग सामाजिक सञ्जाल बडूमार्फत सम्पर्कमा आएकी थिइन् । उनी सन् २०१८को गृष्मकालमा सेतो कार चढेर हिंडेकोमा त्यसपछि भेटिएकी थिइनन् ।  

उनका साथीले नेपाली कन्सुलेटलाई जानकारी दिएका थिए । तर त्यो घटनाबारेमा प्रहरीलाई भनिएको थिएन । साइप्रस टर्कीको दक्षिण, सिरिया र लेबनानको पश्चिम, इजरायलको उत्तर पश्चिम, इजिप्टको उत्तर र ग्रीसको दक्षिण पूर्वमा रहेको छ ।

source: barhakhari.com

You can share this post!