अछाम जाँदै गरेको बस डडेल्धुरामा दुर्घटना!

धनगढीबाट अछामका लागि छुटेको यात्रुवाहक बस डडेल्धुराकाे अमरगढी नगरपालिका–११, धनगाड नजिकै दुर्घटना हुँदा ३१ यात्रु घाइते भएका छन् ।

ना ४ ख ६८३६ नम्बरको बस डा.के.आई.सिह राजमार्गमा पर्ने धनगाड भन्ने स्थानमा चैत्र २७ गते बुधबार बिहान करिब २ः३० बजे दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय, डडेल्धुराले दुर्घटनाको पुष्टि गर्दै घाइते ३० जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जनाएको छ । गम्भीर घाइते कञ्चनपुर कृष्णपुरकी ६१ वर्षीया शान्ति दियालकाे भने त्यहाँ उपचार हुन नसकेपछि धनगढी रेफर गरिएको छ ।

दुर्घटनाका अधिकांश घाइते अछामका रहेको बताइए पनि उनीहरुको परिचय नखुलेको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराले जनाएको छ ।

बसमा ५० भन्दा बढी सवार रहेको बताइएको छ ।

बस ब्रेक फेल भएर मोडमै पल्टेको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए ।

प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

स्रोतः – Onlinekhabar.com

You can share this post!