नेपाली कामदारका लागि पारिश्रमिक जापानी नागरिकको भन्दा कम नहुने

चैत १२, काठमाण्डौं ः आउँदो अप्रिल १ तारिखबाट कामदार लाने प्रक्रिया थाल्ने गरी नेपाल र जापानबीच भएको सहकार्यको समझदारीमा हस्ताक्षर भएपछि जापानले नेपालबाट दुई वर्गमा विभाजन गरेर कामदार लाने भएको छ ।

नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका निमित्त सचिव रामप्रसाद घिमिरे र नेपालका लागि जापानी राजदूत सामामिची साइगोले समझदारीमा हस्ताक्षर गर्नुभएको हो ।

के के छन त सम्झौता ।

पहिलो वर्गका कामदारका रुपमा जान चाहनेका लागि सीप र सम्बन्धित क्षेत्रमा काम गरेको अनुभव आवश्यक पर्ने छ भने कार्यकाल अबधि पांच बर्षको रहनेछ ।

दोस्रो वर्गका रुपमा जाने कामदारमा उच्च सीप आवश्यक पर्ने र त्यस्ता कामदारले ५ वर्षको अवधिपछि पनि समय थप गरेर जापानमा बस्न पाउनेछन् । र आपना परिवारका सदस्यहरुलाई पनि जापान लान पाउनेछन् ।

सीपयुक्त र उच्च सीपयुक्त कामदारमा कस्ता सीप आवश्यक पर्नेछ भन्ने चाहिँ दुवै देशका प्रतिनिधि सम्मिलित संयुक्त कार्यदलले पछि मात्रै टुङ्गो लगाउनेछ ।

नेपाली कामदारले जापानी नागरिक सोसहरको सेवा सुविधा पाउने ।

नयाँ भिसाका लागि कामदारले अनिवार्य सीपसहितको भाषा परीक्षा पास गर्नुपर्नेछ ।

दोस्रो भिसा श्रेणीमा राखिएको उच्चस्तरको व्यावसायिक सीपयुक्त जनशक्तिका लागि भने तत्कालै भाषा परीक्षा हुने सम्भावना कम रहेको बताइएको छ ।

जापानले १४ वटा क्षेत्रमा कामदार लाने भएको हो । कृषि, नर्सिङ केयर, गाडी मर्मत सम्भार, खाद्य सेवा उद्योग, निर्माण उद्योग, खाद्य पदार्थ र पेय पदार्थको उत्पादन, आवास उद्योग, मेसिनरी पार्ट उद्योग, माछा मार्ने र माछा पालन उद्योग, उद्योगिक उपकरण उद्योग र इलेक्ट्रिक, इलेक्ट्रोनिक्स र सूचना प्रविधि उद्योगमा कामदार लाने भएको हो ।यस्तै बिल्डिङ् सरसफाइ व्यवस्थापन, जहाज र जहाज पाटपूर्जा उद्योग र हवाई उद्योगमा नेपाली श्रमिक लाने समझदारी भएको छ ।

काम परिवर्तन गर्न सक्ने- जापानले पहिलो चरणमा चार क्षेत्रमा कामदार लैजानेछ । स्वास्थ्य, उद्योग, केयरगिभर निर्सिङ र कृषी क्षेत्रमा गएका कामदारले काम परिवर्तन गर्न पनि पाउँनेछन् । त्यसका लागि तीन वटा विकल्प दिइएको छ ।पहिलो विकल्प काम गर्दै गरेको ठाउँ परिवर्तन गर्न पाइनेछ भने दोस्रो विकल्पका रुपमा त्यही क्षेत्रको अर्को काम गर्न पाइने व्यवस्था पनि गरिएको छ । उदाहरणका लागि कृषि क्षेत्रको पशुपालनबाट माछा पालनको काममा जान पाइनेछ । तर त्यसका लागि सीप परीक्षण गरिनेछ ।यस्तै चेस्रो विकल्पका रुपमा कामको क्षेत्र परिवर्तन गर्न पाइने सुविधा पनि कामदारलाई रहनेछ

You can share this post!