माेजाम्बिकमा समुद्री आँधी, मोजाम्बिक लगायत अन्य क्षेत्र समेत प्रभावित,मृत्यु हुनेकाे सङख्य एक हजार भन्दा धेरै


चैत्र ५, काठमाडाैं : समुद्री आँधीका कारण मोजाम्बिकमा मृत्यु हुनेको सङख्या एक हजारभन्दा बढी नाघेको छ। आँधीले मोजाम्बिक लगायत जिम्बाब्बे, मलाबी पनि त्यसको चपेटामा परेका छन् ।

बिहीबारदेखि नै त्यहाँ ठूलो वर्षासहितको आँधीले क्षति पुर्‍याउन थालेको भए पनि उद्धारकर्मीहरू भने आइतबारदेखि मात्र त्यहाँ पुग्न थालेको बताइएको छ।

आँधीले बन्दरगाह शहर बेयरामा सबैभन्दा धेरै क्षति पुर्‍याएको छ। आँधीके बेग भने प्रतिघ०टा १७७ किलोमिटरको दरमा थियो । बिहीबारदेखि नै त्यहाँ ठूलो वर्षासहितको आँधीले क्षति पुर्‍याउन थालेको भए पनि उद्धारकर्मीहरू भने आइतबारदेखि मात्र त्यहाँ पुग्न थालेको बताइएको छ।

आँधीले अफ्रिकाका दक्षिणी भेग पनि प्रभावित भएका छन्, जहाँ १८० जनाको मृत्यु भएको बताइएको छ । जिम्बाब्बेमा ९८ जनाको ज्यान गएको र २१७ जना हराइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
आँधीपछि त्यहाँ मानवीय संकट देखापरेका छन् ।

आँधीपछि त्यहाँ विभिन्न मानवीय संकट देखापरेका छन् । आँधीले विद्युत्त सेवा अबरद्द भएका कारण सञ्चार सेवा समेत अबरूद्द भएका छन ।

You can share this post!