अन्तरराष्ट्रिय महिला दिवस, विभिन्न नारा जुलुस गरि मनाउदै


फागुन २४, काठामाडौं : आज अन्तरराष्ट्रिय महिला दिवस वा नारी दिवस, महिला जागरूकता सम्बन्धी दिवस हो । यो  मार्चमा ८ विश्वभर मनाइन्छ ।  आज अन्तरराष्ट्रिय महिला दिवसको अबसर पारि नेपालको सबै जसे ठांउमा विभिन्न नारा जुलुस तथा कार्यक्रम गरि नारि दिबस मनार्इदै छ ।

राजनितिक तवर बाट शुरु भएको महिला अधिकार, महिला सशक्तिकरण र समानता आदि सवालहरू अन्तराष्ट्रिय महिला दिवसका बिषयहरू हुने गरेका छन् । यो सर्वप्रथम् १९०९ फेब्रुअरी २८ मा मनाइएको थियो । १९१० मा महिलाहरूलाई मत हाल्ने अधिकार सुनिस्चित गर्ने उद्देश्यको साथ यसलाई अन्तराष्ट्रिय दर्जा प्रदान गरिएको थियो ।

पछिल्ले समयमा महिला र पुरुष बराबरी भनिए पनि धेरै प्रकारका भेदभाव र असमानताहरु कायमै छन् । महिलाहरुमाथि असमानता मात्र नभएर सामाजिक असुरक्षा पनि उस्तै छ । महिलालाई घर, टोल, समाज हुँदै राज्य तहमै महिलालाई दोस्रो दर्जाको रुपमा हेर्ने काम अझै पनि हटेको छैन । उनीहरु बलात्कार र घरेलु हिंसाका शिकार भइरहेका छन् । घाँस, दाउरा र चुल्हो चौकामा सीमित गरिनुका साथै महिलाहरु अपमानित ढंगले थिचोमिचो गरिएको गुनासो नियमित रूपमा देखा पर्दै अएको छ । यसै अन्त्य लागि बिरेध गर्दै आज विभिन्न ठांउमा नारा जुलुस गरिएको छ ।

You can share this post!