बाल संरक्षण नीति, रणनीति र निर्देशिका बनाइँदै

फागुन १०, काठमाण्डौ : डोटीको दिपायल सिलगढी नगरपालिकाले बाल संरक्षण एवं बालश्रम निषेध सम्बन्धी नीति, रणनीति र निर्देशिका तयार गर्ने भएको छ ।


नगरपालिका क्षेत्रभित्र बाल अधिकार शुनिश्चित गरी बालमैत्री नगर बनाउन नीति, रणनीति र निर्देशिका बनाएर अगाडी बढ्न लागेको छ।
नगरपालिकाले बिहीबार र शुक्रबार सरोकारवालासँग दुइ दिने कार्यशालामा सोका लागि विस्तृत गृहकार्य गरेको छ ।


सुदूरपश्चिम प्रदेशमा सरोकारवालाहरुले दिएको सुझाव सल्लाह, राष्ट्रिय रणनीति, प्रदेशले अवलम्बन गरेका नीतिमा टेकेर नगरको नीति, रणनीति र निर्देशीका बनाइने भएको छ । नगर क्षेत्रमा बालश्रम निषेध गर्नका लागि नगर उप–प्रमुख शिवराज खड्काको संयोजकत्वमा एक कार्यदल समेत गठन भइ सक्रिय रहेको छ ।

You can share this post!