श्रम स्वीकृति बन्यो बिबादको बिषय


माघ  २६ काठमाण्डौ ः सरकारले नेपालका उद्योग प्रतिष्ठानमा काम गर्ने भारतीय नागरिकलाई अनिवार्य श्रम स्वीकृति लिन माघ १० गते जारी गरेको सर्कुलर विवाद विबादको विषय बनेको छ ।
श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले सबै श्रम तथा रोजगार कार्यालयहरुलाई पत्राचार गरी प्रतिष्ठानहरुमा काम गर्ने भारतीय नागरिकको संख्या अध्यावधिक गर्न र श्रम स्वीकृति नलिएको भए लिने व्यवस्था मिलाउन निर्देशन दिएको थियो ।


प्रतिष्ठानको नाम, कार्यरत गैरनेपाली श्रमिक भए उनीहरुको नाम, पदसहितको विवरण पनि मासिक रुपमा विभागमा पठाउन श्रम कार्यालयहरुलाई निर्देशन दिइएको छ ।
नेपालका विभिन्न कलकारखाना, होटल, प्रतिष्ठान, विकासे आयोजना, कार्यालयमा ठूलो संख्यामा भारतीय श्रमिक कार्यरत छन् । नेपालमा ठूलो संख्यामा भारतीय नागरिकहरु बिना श्रम स्वीकृति कार्यरत छन् । खुला सीमानाकाका कारण सहजै नेपाल भारत आउन जान सकिने भएकाले भारतीयहरुका लागि नेपाल सहज श्रम गन्तब्य बनेको छ ।

You can share this post!