सोनाम ल्होसार मनाउदै आज तामाङ जातिहरु

मघ २२, काठमाण्डौ ः प्रत्येक वर्ष माघमहिनाको शुक्ल पक्षमा पर्ने प्रतिपदा तिथीको दिन तामाङ समुदायले मनाउने सोनाम ल्होछार आज परेको छ । सोनाम ल्होसार तामाङहरूले नयाँ वर्षको आरम्भको रूपमा मनाउने पर्व हो । सोनाम ल्होछार र चिनिया नयाँ बर्ष एकै दिन मनाइन्छ । माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाउँदैछन् ।

सोनाम ल्होसारको अबसर पारि आज प्रदेश नम्बर ३ मा सार्वजनिक बिदा समेत गरेको छ । यस अवसरमा नेपाल तामाङ घेदुङले टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरेको छ । सोनाम ल्होसार महोत्सवका नाममा तामाङ खाना, भेषभूषा, कला, संस्कृति लगायतको प्रदर्शन गरिनेछ । मञ्जुश्री पात्रोअनुसार बिहीबारदेखि चरा वर्ष पूरा गरी कुकुर वर्ष प्रवेश हुन्छ। बाँदर, चरा, मुसा, बाघ, बिरालो, घोडा, सुँगुर, गोरु, खरायो, भेडा, सर्प र ड्रागन गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको हुन्छ ।


नेपालमा ल्होछार मनाउने प्रचलन चीन तथा चीन प्रशासित राज्यबाट भित्रिएको मानिन्छ, किनभने चिनियाँ पात्रोमा पनि नयाँ वर्षलाई बिभिन्न पशुपन्छीका नामले सम्बोधन गरिन्छ । विशेषगरी नेपालमा तामाङ जातिले सोनाम ल्होछारका अवसरमा कूलपूजा र प्रकृतिको पूजा गर्ने गर्दछन् ,तामाङहरुलाई प्रकृतिप्रेमी समूदायकारुपमा चिनिन्छ । यस समूदायमा आज छोरीचेलीलाई बोलाएर टिका लगाइदिने गरिन्छ । सोनाम ल्होछार राष्ट्रिय पर्व भएका कारण राष्ट्र प्रमुखदेखि अन्य विशिष्ट ओहोदाका व्यक्तिहरुले समेत शुभकामना सन्देश दिने चलन छ ।

You can share this post!