उनि-रिसाएकी-छिन्


लोक राज भट्ट

शहरको एउटा कुनामा म छुँ

अर्को कुनामा उनि छिन्

धेरै भैसक्यो

एकले अर्कालाई

सन्चो बिसन्चो नसोधेको

पहिले पहिलेआज झगडा परे

भोली बोल्न आउथिन्

यसपाली त दुश्मनै सम्झिइनकी कसो

बेपत्ता भएकी छिन् मेरा लागी

टाढा हुन भनौ भने

फराकीलोे छैन शहरको भूगोल

नजिकैै छिन भनौ भने

भेटिएकी छैनन् छुट्टिए देखी

गएछुँ भने कहिलेकाही

हेरिरहन्छुँ उनि बस्ने शहरको छेउकुनामा

देख्छौकी भनेर

सोधीरहन्छुँ नजिकका आफ्नाहरुलाई

उनै पो हुनकी भनेर

नजर डुलाउछुँ हिँडिरहेको बाटोहरुमा

जसोगरेपनि मनै नभएपछी त

मुस्किल पर्दो रहेछ

हराएजस्तो गरेकालाई भेट्न

भिडमै हराउछन् भिडमा

देखिएकीहरु

सधै रित्तो लाग्छ शहरको छेउकुना

सोधेकाहरुले थाह छैन

भन्छन खबर

कहिल्यै नबोलुला झै गरी

कति रिसाएकी हुन कुन्नी

अब बोले पनि नबोले पनि

म त चुपचाप बिलिन छुँ आफ्नै चर्यामा

प्रयत्न गर्दैछुँ जीवन बिताउने धर्काहरु कोर्न

कसै सँग बोल्दापनि

पहिल्यै जोख्ने गर्छु शब्दहरुको ओजन

उनि रिसाए देखी साह्रै सुध्रिएको छुँ अचेल ।

 

You can share this post!