डलर साट्नका लागि अब प्यान नम्वर अनिवार्य

काठमाण्डौ, ७ माघ : नेपाल राष्ट्र बैकं केन्द्रिय कार्यालयले बैकिंङ कारोबार गर्ने क र ख बर्गका बैकं तथा वित्तिय संस्थाहरुलाई निर्देशन जारी गर्दै अबदेखि अमेरिकि डलर वा कुनै पनि विदेशी मुद्रा सटहि गर्दा प्यान नम्बर अनिबार्य लिनुपर्ने बताईएको छ । डलरको जुनसुकै मुद्रा सटही गर्ने नेपालीसँग प्यान नं अनिवार्य लिन भनेको छ। उपरोक्त सम्वन्धमा सटही माग गर्ने व्यक्ति वा निजको एकाघर परिवारका सदस्यहरुमध्ये आमा वा बुबा कुनै एकको प्यान नं भए पनि सटही सुविधा प्रदान हुनेछ।

शिक्षा, स्वास्थ्य, आप्रवासन लगायत प्रयोजनका लागि ५ हजारभन्दा बढी अमेरिकी डलर साट्न पाइने व्यवस्था छ भने विदेश भ्रमणमा जानेहरुले भने १५ सय अमेरिकी डलरसम्मको सटही सुविधा ब्यवस्था गरेको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार अमेरिकी डलरमा मुद्रा सञ्चितिमा कमि आएको कारण राष्ट्र बैंकले डलर सटहीमा कडा व्यवस्था गरेको हो।

You can share this post!