हिजो देखि सुरु श्रि स्वस्थानी ब्रत सुरु

काठमाण्डौ, ७ माघ : प्रत्येक वर्ष पौष शुक्ल पूणिर्मादेखि माघ शुक्ल पूर्णिमासम्म मनाइने श्रीस्वस्थानी व्रत आजदेखि सुरु भएको छ । यो ब्रत तिथी अनुसार मनाईने भएकाले फरक फरक मितिमा पर्ने गर्छ । स्वस्थानि ब्रतको अबसर पारेर हिन्दु नारीहरू श्रीस्वस्थानीको एक महिना लामो व्रत बस्ने गर्छन् । नूनसमेत नखाई कठोर व्रतविधि पालना गरेर गर्नुपर्ने व्रतको शुरुवात् हिजो मध्यान्ह ०१ बजेर ३९ मिनेटबाट आरम्भ भएको छ । उक्त ब्रत फागुन ७ गते बेलुकी ०९ बजेर ४९ मिनेट सम्म रहेने छ ।


सत्य युगमा हिमालय पर्वतकी पुत्री पार्वतील श्रीमहादेव पति पाऊँ भनी गरिएको व्रत कथा आजको दिनसम्म पनि हिन्दुधर्ममा आस्था राख्ने विवाहित तथा अविवाहित महिलाहरूले दीर्घायू, सुस्वास्थ्य, परिवारको प्रगति तथा आफ्नो घर, समाज तथा देशमा सुख शान्ति कायम होस् तथा आफ्नो मनोकामना, पढाइ, स्वास्थ्य, विदेश यात्रा तथा राम्रो नोकरीको अभिलाषा राख्दै व्रत बस्ने गरेको पनि पाइन्छ ।


सोहि ब्रतको अवसर पारेर ब्रतालुहरु विभिन्न खोला नाला तथा धार्मिक स्थलहरुमा गएर पुजा पाठ तथा स्नान गर्ने गर्ने गछैन ।

You can share this post!