नांया शिशु स्याहार केन्द्र स्थापना

४ माघ ९रासस० ः डोटीको केआइसिंह गाउँपालिका–७ स्थित भूमिराजमाडौँको सलेनामा शिशु स्याहार केन्द्र स्थापना गरिएको छ । उक्त शिशु स्याहार केन्द्र एक्सन एड नेपालको सहयोगमा सम विकास केन्द्र ९इडिसी० नेपाल, डोटीद्वारा सञ्चालित ‘द महिला नेटवर्क परियोजना’ र केआइसिंह गाउँपालिका–७ नंं वडा कार्यालयको संयुक्त लगानीमा निर्माण गरिएको हो ।

केआइसिंह गाउँपालिका वडा नंं ७ मा रहेको लाटाकलारै आधारभूत विद्यालयसँगै रहेको जमीनमा समविकास केन्द्र डोटीको रु छ लाख ३८ हजार र उक्त वडाको रु दुई लाख गरी जम्मा आठ लाख ३८ हजारको लगानीमा केन्द्रको दुई कोठे भवन निर्माण गरी कक्षा सञ्चालनमा आएको छ ।
तीन वर्षदेखि पाँच वर्ष मुनिका बालबालिकाको स्याहार तथा उनीहरुको सिकाइ ज्ञान अभिवृद्धि गर्न र ती बालबालिकाका आमाको कार्यबोझमा कमी ल्याई उनीहरुलाई उत्पादनमूलक कार्यमा संलग्न गराउन शिशु स्याहार केन्द्र स्थापना गरिएको छ ।

उक्त केन्द्रमा हाल ३० जना बालबालिका भर्ना भई कक्षा सञ्चालन भईसकेको छ । अबभने उक्र ग्रमिण क्षेत्रका मानिसहरुले केहि सुविधा पाउनुभएको छ । र ग्रामिण महिलाको कार्यबोझमा कमि आउने छ ।

You can share this post!