सडक पेटिमा भएको बृद्धाहरुको उद्धार

पछिल्लो समय सडकमा धेरै किसिमका मान्छे बस्दै आएका छन । कोहि मान्छेहरु सडकमा रात विताउने गर्छन भने कोहि दिन बिताउने गर्छन त कसैको रातदिन सडक पेटिमै बास हुने गर्छ । बढेको चिसो संगै चिसोको कारण कयौंको त सडकमै पनि मृत्यु हुने गरेको छ ।

कोहि काम खोज्दा काम नदिएपछि सडकमा बस्न बाध्य भएका हुन्छन भने कतिपयचाहिँ माग्ने पेशा बनाएर सडकमा आएका छन् त कतिपयलाई माग्न लगाएर पेशा गर्ने पनि छन् । यसरी सडक, तथा मन्दिरका पेटीमा सुत्नेको सङ्ख्या काठमाडौँमा अत्यधिक छ ।
अबदेखि सडक पेटिमा मान्छेलाई बस्न नदिने गरि महानगरीय प्रहरी परिसरले नांया अभियान सुरु गरेको छ ।

महानगरीय प्रहरी परिसरका अनुसार चिसोका कारण उनीहरुको स्वास्थ्य जोखिममा पर्ने भएकाले पनि सबै क्षेत्रका प्रहरीलाई असक्तहरुको अवस्थामा ध्यान दिन भनिएको छ । मानवसेवा आश्रम, प्रहरी परिसर काठमाडौँ, काठमाडौँ महानगरपालिका र पशुपति क्षेत्र विकास कोषलगायत सङ्घसंस्थाको सहकार्यमा सञ्चालन भएको उक्त अभियानका क्रममा गए राति मात्रै १३ जनाको उद्धार गरी आश्रममा राखिएको छ । यसअघि सोमबार राति उद्धार गरिएका ५० जनालाई पनि आश्रममै राखिएको छ । पछिल्लो एक सातामै सडकबाट ८० जनाको उद्धार भइसकेको छ । सडकमा अझ धेरै अलपत्र रहेकाले उनीहरुको व्यवस्थापनमा भने चुनौती थपिएको छ ।

You can share this post!