हिमपातका कारण विद्युत् सेवा अवरुद्ध

२३ पुस ः आज काठमाण्डौ उपत्यका सहित देशका पहाडि भुभागमा पानि परेको छ । पश्मिी बायुको प्रभावका कारण आज उच्च पहाडि तथा हिमाली भेगमा हिमपात परेको छ ।

गएरातिदेखि परेको हिमपातका कारण डोटीसहित अछाम, र बाजुरामा समेत विद्युत् सेवा अवरुद्ध भएको छ । 

हिमपातले विद्युत्का तार र रुखसमेत ढाकेकाले अबरुद्ध भएको ठाउँ पत्ता लागउ नै सकिएको छैन । आइतबार रातिदेखि डोटीका उच्च लेकाली क्षेत्रमा बाक्लो हिमपात भएको छ । हिमपातका कारण यहाँका बासिन्दाको जनजीवन प्रभावित भएको छ । खप्तड, गोलादेउ, नापानी, चर्केको लेक, शिखरधुरा, बडिकदेरा धुरालगायत ठाउँमा बाक्लो हिमपात भएको स्थानीय बासिन्दाले जनाए । 

त्यस्तै अत्तरिया स्याउले जोड्ने भिमदत्तपन्त राजमार्गमा पनि हिमपात भएका कारण सवारी साधन आवतजावतमा समस्या भएको छ । जिल्लाका उच्च लेकाली क्षेत्रमा अहिले पनि हिमपात भइरहेको छ । हिमपातका कारण स्थानीय बासिन्दा घर बाहिर निस्किन सकेका छैनन् भने गाईबस्तुसमेत गोठभित्रै थुनिएको स्थानियले जानकारी दिनुभयो । 

जिल्लाका उच्च लेकाली क्षेत्र अर्थात् पानी नभएका ठाउँमा हिमपात भएपछि हिउँदेबाली सप्रिने भएकाले किसान भने खुशी छन् ।  हिउँले डाँडाकाँडा र जङ्गल छपक्क ढाकेको छ भने गाईबस्तुसमेतगाईबस्तु समेत बाहिर निकाल्न नसकिे अबस्था थियो ।

You can share this post!