आरबिआई बाट अनुमति पाए प्रतिबन्धित नोट पुन सञ्चालनमा

काठमाण्डौ, २२ पौष ः पछिल्लो समयमा नेपालमा भारतीय ठूला नोट चलाउने र पुराना भारु ५ सय १ हजारका नोट सटही सम्वन्धमा भारतले कुनै चासो नदिएपछि सरकारले नयाँ भारु २ सय, ५ सय र २ हजारका नयाँ नोट प्रतिबन्ध गरेको थियो। तर १ सय वा सोभन्दा मुनिका नोटहरु भने चलनचल्तीमा नै छन्।

भारत सरकारले कालोधनलाई निरुत्साहित गर्न भन्दै २०१६ को नोभेम्बर ८ देखि पाँच सय र १ हजारका पुराना नोट विस्थापित गरी २ सय, ५ सय र २ हजारका नयाँ नोट नयाँ नोटहरु प्रचलनमा ल्याएको थियो। नयाँ नोट चल्तीमा ल्याएपछि नेपालमा रहेका पुराना नोट भने नसाटिएको र बैंकिङ प्रणालीमा समेत समस्या देखिएकोले भारतिय नोटहरु प्रतिबन्ध गरिएको थियो । नोटहरु प्रतिबन्ध भएसंगै ब्यापार ब्यवसायमा समस्या देखिएकोले भारतको केन्द्रिय बैंक रिजर्ब बैंक अफ इन्डियाले नोट चलाउन अनुमति दिएमा नेपालले पुन प्रतिबन्ध हटाउने भएको छ।

नेपालको व्यापार भारतसँग निर्भर रहने गरेको र स्थिर बिनिमयदर समेत रहेकाले भारु प्रतिबन्ध लगाउँदा नेपाललाई नै असर पर्ने भएपछि नेपाल लचिलो भएको हो। भारु
प्रतिबन्ध हुँदा नेपालबाट भारतमा गई रोजगार गर्नेहरु र भारतीय सीमा क्षेत्रको कारोबारमा समेत असर पर्ने गरेको छ।

सरकारले नै भारु ठूला दरको नोट चलाउन अनुमति आएमा चलाउनेगरी राष्ट्र बैंकलाई निर्देशन दिएपछि राष्ट्र बैंकले आरबिआईलाई भारु नयाँ नोट चलाउन सकिने प्रस्ताव गरेको हो। यद्यपी यसका लागि आरबिआईको स्वीकृति चाहिन्छ।

You can share this post!