भारुमाथि प्रतिबन्ध

काठमाडौँ, ६ पुस : नेपाल सरकार, मन्त्रिपरिषदले गरेको निर्णयमा ‘भारतीय रुपैयाँ २००, ५०० र २००० का नोटहरु ल्याउन वा साथमा राख्न गैरकानूनी हुने भएकाले ती नोटहरु चलनचल्तीमा नल्याउन, नबोक्न र नराख्न सूचना प्रकाशन गर्ने निर्णय गरेपछि नयाँ समस्या सिर्जना भएको छ ।

नेपाल र भारत दुई छुट्टाछुट्टै देश भए पनि खुल्ला सीमानाका कारण सीमावर्ती क्षेत्रमा त्यस्तो महशुस हुँदैन । नेपाली र भारतीय नागरिक एक अर्काको देशमा विनारोकतोक सहजरुपमा आवत(जावत गर्दै आएका छन् । देशको सीमा छुट्टएि पनि दुई देशका नागरिकबीचको सम्बन्धलाई यहाँको सीमाले खासै छेकेको छैन । मानिसलाई मात्रै होइन, सवारी साधन आवागमनमा समेत कुनै रोकतोक छैन । भारतबाट नेपाल आउने सवारीले वीरगञ्ज भन्सारमा अनुमति लिएपछि विनारोकटोक दिनभर चल्न पाउँछन् ।

तर, पछिल्लो केही दिनदेखि नेपाली बजारमा नेपाल सरकारले भारतीय नयाँ नोट २ सय, ५ सय र २ हजार दरको नोटमा प्रतिबन्ध लगाएको छ । सरकारी निर्णयाको प्रभावस्वरुप देशकै प्रमुख नाका भएका सीमावर्ती शहरमा अधिकांशसँग नेपालीसँग भारतीय रुपैयाँ हुन्छ । त्यसैले यो निर्णयको प्रभाव विभिन्न व्यवसायमा पर्ने छ । सरकारको नोटबन्दीको निर्णयले होटल तथा पर्यटन व्यवसायमा समेत नकारात्मक असर पर्नेछ ।

You can share this post!